भारतमा सङ्घर्षरत नेपाली मोडल तथा कलाकार सुरविना कार्र्की पुनः नेपाली फिल्ममै फर्किने भएकी छन् ।
गतवर्ष प्रदर्शनमा आएको फिल्म लप्पन छप्पनको सिक्वेलमार्फत् उनी अभिनयमा फर्किन लागेकी हुन् । लामो समय भारत बसे पनि उनले भारतीय फिल्ममा भने ब्रेक पाउन सकेकी छैनन् ।
बलिउडमा सङ्घर्ष गर्ने भन्दै मुम्बई पुगेकी सुरविनाले थुप्रै ठाउँमा अडिसन दिइन् । अनि थुपै्र पटक फोटो सुट पनि गराइन् । तर उनले कुनै फिल्ममा चान्स पाइनन् । केहीअघि एउटा गीतको भिडियोमा काम गरेकी उनी अझै पनि बलिउडमा ब्रेक पाउन सङ्घर्ष गरिरहेकी छन् ।