नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) बाट शुरु हुँदै छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न प्रयास भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले काठमाडौंको पर्यटकीय क्षेत्रमा फोटो खिचेर सार्वजनिक गरेकी छन् ।
उनले आफ्ना सुन्दर फोटोहरू ट्वीटरमा पोष्ट गर्दै नेपाल भ्रमण वर्षको शुभकामना दिएकी छन् । ट्वीटरमा आफू काठमाडौंका सम्पदा क्षेत्रमा घुमेका चार तस्बिर पोष्ट गर्दै उनले भ्रमण वर्ष सफलताको शुभकामना व्यक्त गरेकी हुन् ।
पर्यटनमन्त्री योगेश भट्टराईलाई मेन्सन गर्दै उनले ट्वीटमा लेखेकी छन्, ‘सुन्दरताले सँधै हृदयको गहिराइलाई स्पन्दन गर्दछ । इतिहास, विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल भ्रमणका लागि उपयुक्त छ ।’
नेपाल घुम्न आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटकको सङ्ख्या उल्लेख्य छ । चीनका विभिन्न शहरहरूमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन पनि भइरहेको छ । यसअघि चिनियाँ अभिनेत्रीले पनि नेपालका पर्यटकीय स्थलको प्रचार गरेकी थिइन् ।
