धरान/ बिर्तामोडमा फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी गरिएको छ ।

पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर बिर्तामोडको अतिथि सदनमा आइतबार फोटो प्रदर्शनी गरिएको हो ।

फोटो प्रदर्शनीको उद्घाटन प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले गरेका छन् । विभिन्न समयमा खिचिएका तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको थियो । पाण्डे नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्षसमेत हुन् ।

उनले हिमालदेखि तराईसम्मका मानिसको दैनिकीलाई क्यामेरामा कैद गरेको तस्बिर प्रदर्शनीमा राखिएको थियो । उनको २५ वटा फोटो प्रदर्शनीमा राखिएको थियो ।