धरान/ बलिउडका धेरै कलाकारहरू केही समय उदाउँछन्, धेरै समय हराउँछन् । तीमध्येकी हट कलाकारको रूपमा परिचित ईशा गुप्ता पनि पर्छिन् ।
तर बेला–बेलामा आउने फोटोसुट र मोडलिङका कारण उनको चर्चा सधैँ हुने गर्छ । हालै उनले आफैले खिचेको सेल्फी तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । टुपिसमा मात्रै देखिएकी उनी निकै कामुक देखिएकी छन् ।
उनले आफैले सेल्फी लिइरहेकी छन् । बेडरूमभित्रै खिचिएको तस्बिर इन्स्टाग्राममा अहिले भाइरल बनिरहेको हो । अहिले कतिपय बलिउड नायिकाहरू सामाजिक सञ्जालमा व्यस्त हुने गरेका छन् ।
फिल्मी करिअरमा खासै उदाउन नसकेका कलाकारहरूले आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै भाइरल बनाउने गरेका छन् । त्यसैमध्येकी ईशाले पनि आफ्नो तस्बिर इन्स्टाग्राममा शेयर गरेकी हुन् । उनको तस्बिर अहिले व्यापक चर्चामा रहेको छ । पछिल्ला दिनहरूमा उनी सामाजिक सञ्जालमा सक्रिय रहेकी छन् ।