तान्जानियाको सभामुखका ४५ बर्षिया महिला नेतृ निर्वाचित भएकी छिन् । तत्कालि उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित हुुनुभएको हो । उहाँ देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
तत्कालिन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजिनामा दिएका थिए । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन्।
नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन् ।उन तान्जानियाको आठौं सभामुख भएकी छिन् । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो । पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाइन् ।