वराहक्षेत्र । वराहक्षेत्रको वार्ड नं २ स्थित बालचनखोरिया कृषि सहकारी संस्थाले ९ औँ साधारण सभा सम्पन्न गरेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ मा करिब ५ लाख रुपैयाँ बचत सङ्कलन गरेको हो ।
शुक्रवार सम्पन्न सभामा लेखा तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रेम खड्काले चालु आर्थिक वर्षमा संस्थाले ४ लाख ७ हजार ५ सय ३७ रुपैयाँको बचत सङ्कलन गरेको बताए ।
गत वर्षको २२ लाख ४२ हजार २ सय १८ रुपैयाँमा ५ लाख७५ हजार २ सय ७२ रुपैयाँमा ५ लाख ७५ हजार २ सय ७२ रुपैयाँ निक्षेप फिर्ता कटाएर २० लाख ७४ हजार ४ सय ८३ रुपैयाँ बचत बाँकी रहेको अध्यक्ष खड्काले बताए ।
संस्थाले २२ लाख ४८ हजार ८ सय २८ रुपैयाँ ऋण असुली गरेको छ भने गत वर्षको २८ लाख ५२ हजार ७ सय ७६ रुपैयाँमा करिब ५४ प्रतिशतले कटौती गर्दै चालु वर्षमा १५ लाख ३६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको भाका नाघेको ७लाख७० हजार ९ सय ४५ रुपैयाँ खराब ऋण रहेको जानकारी दिए । खड्काले संस्थाको चालु शेयर पुँजी २ लाख ११ हजार ६ सय रुपैयाँ रहेको बताए ।
सभाको बन्द सत्रमा संस्थाको पूर्व व्यवस्थापक ऋषिराज निरौलाको नाममा बेरुजु देखिएको ३ लाख ११ हजार रुपैयाँको बदलामा संस्थानजिक रहेको १ कट्ठा जग्गा दिने भएपछि निरौलालाई ऋण मुक्त गरिएको थियो ।
यसै गरी संस्थाको पुरानो भएको विधानलाई संसोध नगर्न तुलसी पाण्डेको संयोजकत्वमा पवन पोखरेल र चुनू श्रेष्ठ सदस्य भएको ३ सदस्यीय विधान परिमार्जन समिति गठन गरिएको अध्यक्ष खड्काले बताए ।
कार्यक्रममा प्रमुख अतिथि वार्ड नं।ं२ का अध्यक्ष होम प्रसाद गौतमले उत्कृष्ट किसान सपना राई, बचतकर्ता रन्जिता कटुवाल र पूर्व कर्मचारी चन्द्रकला दाहाल कार्कीलाई सम्मान गरेका थिए ।
भने सहकारी अध्यक्ष खड्काले वार्ड २ का जनप्रतिनिधि सदस्य द्वय चुनू श्रेष्ठ र सृजना परियारलाई सम्मानित गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले ऋण लगेका तर दिन अटेर गरेका लाई कार्यालयले दिने सेवा सुविधा बन्द गरिने भन्दै तत्काल ऋण तिर्न आग्रह गरे । खराब ऋणीले गर्दा संस्था धराशायी हुने अवस्था आएपछि निर्णय लिन लागिएको गौतमले बताए ।
उता विशिष्ट अतिथि द्वय जन्मभूमि र बसन्तऋतु कृषि सहकारी संस्थाका अध्यक्षहरू मनोज पौडेल र दुर्गादेवी बुढाथोकीले,संस्थालाई धेरै सहकारीमा सदस्य भएर ऋण मात्र लिएर आर्थिक भार बढ्ने भएकोले, एकै संस्था वाट मात्र कर्जा लिएर उपयोग गर्न हुन सदस्यलाई आग्रह गरे ।
मुना कार्की पौडेलको स्वागत वाट प्रेम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चुनूले गरेकी थिइन् ।