धरान । कोकाकोला नेपालले धरानमा मोमोरी फेस्ट आयोजना गर्ने भएको छ । धरानको पब्लिक स्कुलको खेलमैदानमा भोलि (शनिबार) कार्यक्रम हुँदै छ ।
फेस्टमा विभिन्न रमाइला कार्यक्रमहरू राखिएको आयोजकले जनाएको छ । कोकाकोलाले वार्षिकरूपमा आयोजना गर्दै आइरहेको कोकाकोला मोमो उत्सवको यस वर्षको संस्करणको रूपमा मोमोरी फेस्ट आयोजना गर्न लागेको हो ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा १२ वटाभन्दा धेरै स्वादका मोमोका स्टलहरू रहनेछन् भने अन्य रमाइला खेलकुदका स्टलहरू पनि राखिनेछन् । कार्यक्रममा लाइभ म्युजिक तथा डिजे सेसनहरू पनि राखिएका छन् ।
फेस्टमा ऊर्जा ब्याण्ड तथा तृष्णा गुरुङको प्रस्तुति रहनेछ । यस कार्यक्रमको टिकट दर १ सय रुपैयाँ रहेको छ, जसमा २ वटा २ सय ५० एमएलको कोकाकोलाको पेट बोतल प्रदान गरिनेछ ।