भद्रपुर/ नेकपा एमालेको विजय उत्सव र्यालीमा प्रयोग गरिरहेको जिप शुक्रवार दिउसो दुर्घटना परी एमालेका २४ जना कार्यकर्ता घाइते भएका छन् ।
एमाले भद्रपुर नगरवाट विजयी भएका उम्मेदवारहरु सुभेच्छुक तथा कार्यकर्तासहित निस्केको विजयी र्यालीभद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरको कमलधाप क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
र्यालीमा प्रयोग भएको मे १ ज १२२४ नम्बरको महेन्द्र जिप सडक किनारमा पल्टिएर दुर्घटना भएको हो । घाइते कार्यकर्ता मध्ये भद्रपुर १ बस्ने गिरीराज श्रेष्ठ, किशोर बस्नेत, रणबहादुर खडका, भक्त प्रधान, रणमाया श्रेष्ठ, सृजन प्रधान, सुस्मा प्रधान, विष्णुमाया अधिकारी, इन्द्रकुमारी भण्डारी, विष्णु गौतम रहेका छन् ।
त्यस्तै भद्रपुर २ बस्ने निमा शेर्पा, शिवप्रसाद अधिकारी, दधुराम राई, कृष्णबहादुर दर्जी, हर्क भुजेल, पूर्णबहादुर लिम्बु, कैलाश राणामगर, सानबहादुर लिम्बु घाइते भएका छन् ।
त्यसैगरी भद्रपुर ३ बस्ने फिपरानी लिम्बु, धनपति वास्कोटा, निता मगर, गिता गुरुङ्ग, भद्रपुर ६ बस्ने होमबहादुर भटटराई र भद्रपुर ७ बस्ने हितराज पोखरेल घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेको हाल भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।
घाइते मध्ये अधिकाशको हात, खुट्टा भाचिएको छ, भने शरिर तथा टाउकोमा चोटपटक लागेको प्रहरीले जनाएको छ । जिपका चालकले क्षमता भन्दा बढी कार्यकर्ता हालेपछि दुर्घटना भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।