एजेन्सी –   आखिर किन र कसरी कोही महिलाले एकभन्दा बढि सन्तान जन्माउँछन् । यस प्याकेजमार्फत यससम्बन्धि विभिन्न प्रश्नबारे जानकारी दिइँदैछ ।

के हो मल्टीपल प्रेगनेन्सी ? इंडियन फर्टिलिटी सोसाइटीका च्याप्टर हेड र न्योनाटोलोजिस्ट एण्ड एब्रायोलोपिजस्ट डा. रणधीर सिंहका अनुसार एकभन्दा धेरै बच्चा जन्म दिने घटनालाई मेडिकल भाषामा मल्टिपल प्रेगनेन्सी भनिन्छ । यसको अर्थ कुनै महिलाको गर्भमा दुई वा त्योभन्दा बढि बच्चा छन् । यी बच्चा एउटै अण्डा वा भिन्न भिन्न अण्डामार्फत हुनसक्छ । (आइडेन्टिकल ट्वीन्स) एउटै अण्डामार्फत जन्मिने बच्चालाई आइडेन्टिकल भनिन्छ । यस्तो त्यतिबेला हुन्छ जब एउटा अण्डा एटा वीर्यबाट फर्टिलाइज हुन्छ । त्यसपछि फर्टिलाइज्ड एग दुई वा बढि भागमा बाँडिने गर्दछ । यसलाई निकै दुर्लभ मानिन्छ । यी बच्चाको अनुहार र स्वभाव मिल्दोजुल्दो हुन्छ । (फ्रेटरनल ट्वीन्स) भिन्न भिन्न अण्डाबाट जन्मिने बच्चालाई फ्रेटरनल भनिन्छ । यस्तो त्यतिबेला हुन्छ जब एक वा त्योभन्दा बढि वीर्यबाट फर्टिलाइज हुन्छ । यदि महिलाको परिवारमा पहिला नै फ्रेटरनल ट्वीन्स छन् भने यसको सम्भावना बढ्ने गर्दछ । अधिकांस जुम्ल्याहा यस्तै प्रकारका हुन्छन् । यस्ता जुम्ल्याहा सन्तान एउटै पनि देखिन सक्छन् वा भिन्न पनि देखिन्छन् । १. फर्टिलिटी ट्रिटमेन्ट जो महिला आइभीएफको सहारा लिन्छन् वा फर्टिलिटीको औषधी खान्छन् उनीहरुमा जुम्ल्याहा सन्तान हुने सम्भावना बढ्ने गर्दछ । इन विन्ट्रो फर्टिलाइजेशन (आइभीएफ) मा महिलाको अण्डा र पुरुषको वीर्यलाई एक टेस्टट्युबमा राखेर फर्टिलाइज गरिन्छ । यस्ताे किन भन्दा  आइभीएफमा सम्भावना बढाउनका लागि पाठेघरमा एकभन्दा बढि फर्टिलाइज्ड एग राखिन्छ । त्यस्तै फर्टिलाइज्ड औषधीका कारण पनि धेरै अण्डा बन्ने गर्दछ । २. पारिवारिक इतिहास यदि महिलाको परिवार (आमा, दिदि÷बहिनी, हजुरआमा) को पहिला नै जुम्ल्याहा छन् भने उनीहरुको पनि जुम्ल्याहा हुने सम्भावना बढ्ने गर्दछ । यस्काे कारण महिलाले अण्डाको उत्पादन गर्ने गर्छिन् । त्यसकारण उनको परिवारका आमा र दिदीरबहिनीको जिन उनीहरुमा ट्रान्सफर हुन्छ । ३. जीवनशैली मांसाहारी र उच्च फ्याटयुक्त खानेकुरा वा मोटोपनाबाट ग्रस्त महिलामा जुम्ल्याहा सन्तान जन्माउने सम्भावना अत्यधिक रहेको हुन्छ । कारण हाई फ्याट डाइट लिने महिलामा हर्मोन परिवर्तन हुने भएकाले यस्तो हुनसक्छ । ४. उमेर ३० देखि ४० वर्षको उमेरमा आमा बन्ने महिलामा पनि मल्टिपल प्रेग्नेन्सी हुने सम्भावना अत्यधिक रहेको हुन्छ । कारण डाक्टरका अनुसार बढ्दो उमेरमा ओभरीको क्रियाकलाप परिवर्तन हुन्छ र अण्डाको उत्पादन बढ्ने गर्छ । ५. बच्चाको संख्या जसले पहिला जुम्ल्याहा वा सोभन्दा बढि बच्चालाई जन्म दिएका छन् ती महिलामा मल्टिपल प्रेगनेन्सी हुने सम्भावना बढ्ने गर्दछ । कारण महिलामा अण्डा उत्पादन गर्ने क्षमता निकै राम्रो हुने भएकाले यस्तो हुन्छ । ६. स्थान संसारको अन्य स्थानको तुलनामा पश्चिम अफ्रिकी देशमा जुम्ल्याहा हुने सम्भावना बढि हुन्छ । कारण यी स्थानका मौसम र जीवनशैली यसका लागि जिम्मेवार मानिन्छ ।