धरान/खोटाङका रोमन श्रेष्ठ र धरानकी रिज्जा श्रेष्ठ मिष्टर एण्ड मिस क्वीन पूर्वाञ्चलको उपाधि जितेका छन् । अस्कार नेपाल इन्टरटेण्डमेन्टको आयोजनामा धरानमा सम्पन्न प्रतियोगितामा रोमन र रिज्जाले उपाधि जितेका हुन् । उपाधी सगै जनही नगद ५० हजार रुपैयासहित क्राउन जितेका छन् । मिस क्वीन तर्फ पाख्रिबासकी अञ्जली राई फष्ट रनर अप र धरानकी रेनु धमला सेकेण्ड रनर अप बने । उनीहरुले क्रमशः नगद २५ र १५ हजार रुपैयासहित टाइटल प्राप्त गरे । मिस्टर पुर्वाञ्चलमा धरानका सविन धमलाले फस्ट रनरअप र धरानकै कुमार भट्टराई सेकेण्ड रनर अप बने । उनीहरुले क्रमशः नगद २५ र १५ हजार रुपैया प्राप्त गरे । फाइनल राउण्डमा १३ जना स्पर्धीले अन्तिम स्पर्धा गरेका थिए । व्यक्तिगत टाइटल तर्फ मिस पर्सनालिटी रेशु धमला, मिष्टर पर्सनालिटी सविन धमलाले हात पारे । नगेश कोइराला प्रमुख निर्णायक रहेको प्रतियोगितामा मिस्टर नेपाल संन्दिप पोखे्रल, मिस पुर्वाञ्चलकी सेकेण्ड रनर अप प्रमिसा वज्राचार्य र प्राध्यापक गगन श्रेष्ठ निर्णायक रहेका थिए ।