विजयपुर/म्यानमारकी ३० बर्षिया नागरिक मिन्चु अङगले धरानमा रहेका आफ्ना पति र उनका परिवारले अन्याय गरेको भन्दै न्याय दिलाईदिन आग्रह गरेकी छिन् ।
मङगबार धरानमा पत्रकार सम्मेलन गरि उनले आफ्ना पति र परिवारले आफ्ना नावलक छोरासँग भेट्न नदिएको र शारिरीक यातना दिएको आरोप लगाएकी छिन् । उनका अनुसार धरान १० का इशुन राईसँग उनको सन् २०१५ मा फेसबुक मार्फत भेट भएको र २०१५ नभेम्बर अर्थात २०७२ साल कार्तिक २५ गते धरान १९ स्थित ड्रिमल्याण्ड होटलमा बिबाह भएको थियो ।
‘हामी श्रीमान श्रीमतीको हैसियतमा बसेका थियौ हामीबाट एक छोराकोपनि जन्म भएको छ’ पत्रकार सम्मेलनमा उनले भनिन् ‘अहिले आएर मलाई मेरो छोरा भेट्न र मलाई श्रीमती स्वीकार गर्न श्रीमान र उनको परिवारले मानेको छैन,म अन्यायमा परे,म न्याय चाहान्छु ।उनले बच्चा जन्मिएको ४५ दिनपछि आफ्नो नेपालको भिषा सकिएकाले आफ्ना बच्चा श्रीमानको जिम्मा लगाएर आफु सिंगापुर गएर आफ्नो जागिरमा हाजिर भएको बताइन् ।
‘मैल बिचमा छोराको हेरचाहाका लागि धेरै पैसापनि पठाएको छु उनले भनिन् ‘श्रीमानसँगको सल्लाह अनुसार बच्चाको जन्मदिन मनाएर म बच्चा लिन आएकी हुँ तर अहिले मलाई मेरो बच्चा छुन दिएका छैनन,मलाई घरबाट निकालेका छन् ।उनले आफ्ना श्रीमान र श्रीमानका परिवारले पैसाका लागि दुहुनो गाईको रुपमा आफुलाई प्रयोग गरेको आरोप लगाएकी छिन् ।
उनले आफ्नो बिबाह दर्ता गरि नेपाली नागरिकता दिलाई दिन र आफ्नो नाबालक बच्चासँगै राख्न पाउने अधिकारमा न्याय गरिदिन आग्रह गरेकी छिन् ।उनका श्रीमान इशुन राईले भने मिङचु अङगले आफुहरुमाथि गलत आरोप लगाएको दाबी गरेका छन् ।मैले पटक पटक बिबाह दर्ता गर्न म्यानमारबाट ‘नो अब्जेसन’लेटर मागको तर उनले नै नमानेको बताए ।
उसले नाबालक बच्चा छाडेर गएपछि आफुले निकै दुख गरेर हुर्काएको बताउदै अब कुनैपनि हालतमा बच्चा दिन र सँगै बस्न नसक्ने बताए ।उसको अन्य पुरषसँगपनि सम्बन्ध रहेको र त्यसको प्रमाण आफुसँग भएकाले अब मिन्चु सँग सँगै बस्नपनि नसक्ने इसुनले बताए ।
उसलाई हामीले कुटपिट गरेका छैनौ र घरबाटपनि निकालेका छैनौ,उ आफै घरबाट निस्केर गएकी हुन् हामीमाथि नभएको आरोप लगाइएको छ राईले भने ।मिन्चुले पैसा पठाएको स्वीकार गर्दै उनले भने हामीले मागेको हैन उनी आफैले पठाएकी हुन्,पैसा मैलेपनि दिएको छु इसुनले भने ।