धरान/ दोर्दी जल विद्युत आयोजनाले शनिबार धरानमा सर्वसाधरण, शिक्षक, बुद्धिजिवी, लगानीकर्ता बीच सेयर बारे जानकारी गराएको छ ।

कार्यक्रममा मेरोलगानी डटकमका प्रमेश्वर अधिकारीले सेयर बजार सम्बन्धी जानकारी गराए । सेयर बजारमा प्रवेश गर्नुअघि अपनाउनु पर्ने विधि, यसका जोखिम र सुरक्षित लगानीको विषयमा उनले जानकारी गराए ।

सिइडिबी हाइड्रो फण्डका व्यवस्थापन समिति सदस्य श्याम खड्काले दोर्दी जलविद्युत आयोजनाको बारेमा जानकारी गराउँदै भावी योजनाहरु प्रस्तुत गरे । १२ मेगावाट विद्युत उत्पादन गर्ने जलविद्युत आयोजनाले धरानेबासीलाई सेयर लगानी दिन चाहेकाले पनि कार्यक्रम गरिएको संयोजक भक्तराज रसाइलीले बताए ।

यो हाइड्रो पावरमा सिइडिवीले फण्डको व्यवस्थापन गरिरहेको छ ।