विराटनगर/मोरङ लेटाङ नगरपालिका – ३ स्थित चिसाङ्ग खोलामा अवैध रूपमा ढुंगा, बालुवा उठाएको दुई वटा ट्याक्टरसहित एक वटा जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ ।
[caption id="attachment_42911" align="alignleft" width="379"]
फाइल तस्बिर[/caption]
मोरङका प्रहरी नायव उपरीक्षक बिष्णुहरि कोईरालाको नेतृत्वमा गएको टोलीले अवैज्ञ रुपमा बालुवा, टुंगा उठाउने ट्याक्टर र जेसिवी नियन्त्रण गरेको हो । खोलामा बालुवा, टुंगा अवैज्ञ रुपमा उठाउँदै गरेको को २ त ४३१२, को २ त ७०२३, को २ त ६१४६, मे १ त ५११८, को १ त १२२ र अन टेस्ट लेखिएका सवारी साधनहरू प्रहरीले नियन्त्रण लिएको मोरङ प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको सवारी साधन इलाका प्रहरी कार्यालय लेटाङमा ल्याई सुरक्षित राखिएको छ ।
अवैज्ञ रुपमा टुंगा, बालुवा ओसार पसार हुँदै गरेको सूचना प्रहरीमा आएपछि जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला समन्वय समिति मोरङका प्रतिनिधीहरू सहितको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा सवारीसाधन नियन्त्रणमा लिएको हो । सोही अनुगमन टोलीले मोरङ केराबारी गाउँपालिका ७ र ८ को बिचमा रहेको खदम खोलामा पसेको अबस्थामा अनटेस्ट लेखेको जेसीबि सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएको ट्याक्र, जिसीविसहित चालकलाई प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला समन्य समिति मोरङलाई बुझाएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
सरकारले असारदेखि असोजसम्म बर्खाको समयमा खोलाहरुमा उत्खनन गर्न रोक लगाएको छ । तर, मोरङको विभिन्न खोलाहरुमा अवैध रुपमा चोरी पैठारीहरु गर्दै आएका थिए । अवैध रुपमा चोरी पैठारी गरेको प्रहरीसम्म गोप्य सूचना पाएपछि सम्बन्धीत निकायका प्रतिनिधीसहित प्रहरीले अनुगमन गर्दा खोलामाबाट रंगेहात ढुंगा, बालुवा लोड गर्दै गरेको ट्याक्टर नियन्त्रण गरेको थियो ।