विराटनगर / सि.एम.जी स्वास्थ्य क्लब विराटनगरको आयोजनामा पूर्वाञ्चल स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
क्बलले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि आउँदो भदौ २९ देखि असोज ७ गतेसम्म विराटनगरको डिग्री क्याम्पसको खेलमैदानमा सुरु हुने जानकारी गराएको हो ।
विराटनगरमा पहिलो पटक हुन लागेको पूर्वाञ्चलस्तरीय भेट्रान प्रतियोगिताको बिजेता नगद ५१ हजार रुपैयाँको साथै आकर्षण ट्रफि प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ३१ हजार सहित ट्रफि प्राप्त गर्ने आयोजक समितिको अध्यक्ष किशोर धमालले जानकारी दिए । प्रतियोगिताको दैनिक रुपमा सञ्चालन हुने म्यान अफ द म्याचले नगद २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, बेस्ट गोलकिपरले क्रमशः नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पूर्वाञ्चलका १० वटा भेट्रान टिमको सहभागिता रहनेछ । जसमा आयोजक सि.एम.जी. स्वास्थ्य क्लब, विन्दबासिनी भेट्रान क्लब विराटनगर, हाटखोला भेट्रान क्लब विराटनगर, हाम्रो भेट्रान क्लब, इटहरी भेट्रान क्लब, धरान भेट्रान क्लब, विराटचौक भेट्रान क्लब, लखनपुर भेट्रान क्लब, चन्द्रगढी भेट्रान क्बल र विर्तामोड भेट्रान क्बलको प्रतियोगितामा सहभागिता रहेनेछ ।
प्रतियोगितामा ३० वर्ष पुगेका ४ जना र ४० वर्ष पुगेका बाँकी खेलाडीले खेल्न पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५लाख १ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । अध्यक्ष धमलाको अनुसार पूर्वाञ्चलमा भेट्रान खेललाई लोकप्रिय बनाउन यस प्रतियोगिता आयोजना गरेको बताए । ‘लेखप्रेमीहरुबाट सहयोगमा हुन लागेको भेट्रान प्रतियोगिता भव्य र सभ्य हुन्छ,’ अध्यक्ष धमाले भने, ‘प्रतियोगिता सफल पार्न सबैलाई आग्रह गर्दछु ।’ प्रतियोगिताबारे जानकारी दिदै ।