इटहरी/ सुवेदी कल्याण प्रतिष्ठान मोरङले पूर्वका विभिन्न जिल्लाका जनप्रतिनिधीलाई सम्मान गरेको छ । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी हुने सुवेदी बन्धुहरुलाई मोरङ शाखाले ताम्रपत्र सहित सम्मान गरेको हो ।
९९ वर्षीय वृद्ध षडानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ, सुनसरी, झापा, इलाम, संखुवासभा र धनकुटाका २२ जना जनप्रतिनिधीलाई सम्मान गरिएको थियो । सुकल्प पूर्वाञ्चल उपाध्यक्ष दिनेश सुवेदी, केन्द्रीय सदस्य पूर्ण सुवेदी, गंगा सुवेदी मोरङ अध्यक्ष ज्ञानकुमार सुवेदी लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुनेमा वेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, वेलवारी ३ का वार्ड अध्यक्ष योगेन्द्र सुवेदी, सुन्दरहरैचा नगरपालिका १० का वार्ड सदस्य नगेन्द्र सुवेदी, रतुवामाई नगरपालिकाकाबाट देवी गौतम सुवेदी, हेमकुमारी सुवेदी भण्डारी, विराटनगर महानगरपािलकाबाट इन्दु खतिवडा सुवेदी, र लेटाङ नगरपािलका बाट मेनुका सुवेदी आचार्य रहेका छन् ।
यस्तै सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाकी उप मेयर मञ्जु भण्डारी सुवेदी, धरान ७ वार्ड सदस्य जीवन सुवेदी, इटहरी उपमहानगरपालिका २० की वार्ड सदस्य राधा सुवेदी घिमिरे, इनरुवा नगरपालिकाकाबाट इन्दीरा खतिवडा सुवेदी सम्मानित भएका छन् । यसै गरी झापा जिल्लाको कमलगाउँपालिका १ का भीष्मराज सुवेदी, गौरादह नगरपालिका वार्ड अध्यक्ष छत्रपति सुवेदी र महेश्वर सुवेदी, शनि अर्जुन नगरपािलका ८ कि सदस्य सुशलिा सुवेदी ज्ञवाली, शिव सतासी नगरपािलका ३ का सदस्य नन्दप्रसाद सुवेदी रहेका छन् ।
इलाम जोगमाई माइ नगरपालिकाका डम्वर सुवेदी र सूर्योदयन गरपालिकाका नरबहादुर सुवेदी तथा संखुवासभा मादी नगरपालिकाका उपमेयर उर्मिला नेपाल सुवेदीलाई पनि सो अवसरमा सम्मान गरियो । यसै गरी ताम्रपत्र सहित सम्मान पाउनेमा धनकुटा चौविसे ७ का वार्ड अध्इक्ष दुर्गा सुवेदी र महालक्ष्मी नगरपालिका ७ का अध्यक्ष कमल सुवेदीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिलाई समेत आयोजकले सम्मान गरेको थियो । सुकल्प पूर्वाञ्चल उपाध्यक्ष दिनेश सुवेदीले मोरङको वेलवारीमा एक करोड रुपैयाँ भन्दा बढीको जग्गा र त्यसमा बनेको संरचना सुकल्प सुनसरीलाई प्रदान गरेका छन् । राधाकृष्ण मन्दिर सहितको सो स्थानमा भएको कार्यक्रममा कार्यक्रमका अतिथिहरु दिनेश सुवेदी, पूर्ण सुवेदी, गंगाल सुवेदी, सुकल्प सुनसरी अध्यक्ष गोपाल सुवेदी, झापा अध्यक्ष उत्तम सुवेदी सहति सम्मानति व्यक्तीत्व तथा सुकल्पका विभिन्न शाखा प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।