रामपुर / पाल्पामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

[caption id="attachment_47524" align="alignleft" width="515"] Dead body in a mortuary[/caption]

तानसेन नगरपालिका–५ का धरमपानी भन्ने स्थानमा आज दिउँसो करिब २ः३० बजेको समयमा ट्रक दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका–४ बस्ने चालक ३४ वर्षीय रमेश सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट गुल्मी तम्घासतर्फ जाँदै गरेको लु१ख ९१५६ नंको मिनिट्रक तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । रासस