नेपालकाे चर्चित व्याण्ड र स्थानिय व्याण्डकाे विशेष प्रस्तुति रहने ‘प्रोजेक्ट वान’ ले आगामी बैसाख ८ गते धरानको पब्लिक स्कुलको मैदानमा ‘फेरी उठ्नेछ नेपाल’ कन्सर्ट आयोजना गर्ने भएको छ । कार्यक्रममा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, द स्याडोज नेपाल र अनुप्रस्थ लगायतका रक ब्याण्डहरूकाे प्रस्तुति रहनेछन्। 
आगामी बैसाख ८ गते धरानमा हुने कन्सर्ट व्याण्डको तेस्रो कन्सर्ट हुने स्थानीय इभेन्ट म्यानेजमेन्ट सम्हालिरहेका दीपेन्द्रराज शाक्यले बताए । धराने दर्शकहरुले अहिलेसम्मकै भिन्न सांगीतिक माहौलमा कन्सर्टको मज्जा लिनसक्ने शाक्यले बताए । ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनुप्रस्थका निरन शाही छन् । व्याण्डले भर्खरै मात्र आउ हामी साथी – हामी फेरी उठ्नेछौ बोलको आफ्नो नँया गीतको भिडियो रिलिज गरिसकेको र भिडियोले राम्रो रेस्पोन्स पाइरहेको पोजिटिभ भाइब्सका प्रबन्ध निर्देशक विकेश कायस्थले बताए । नेपालमै पहिलोपल्ट विभिन्न चर्चित व्याण्डका मुख्य सदस्यहरु एउटै व्याण्डमा एकैपल्ट प्रस्तुति गर्न अवसर जुटाउने मौका आफुले पाएको प्रबन्ध निर्देशक कायस्थले बताए । सम्पूर्ण आमनेपालीहरु एकताबद्धरुपमा मिलेर बसौ भन्ने संदेश छर्न यसरी चर्चित व्याण्डहरुलाई एउटै व्याण्डमा सहभागी गरेर नेपालभर कन्सर्ट आयोजना गरिएको कायस्थले बताए ।
‘फेरी उठ्नेछ नेपाल’को यो कन्सर्टमा व्याण्डले ‘फेरी उठ्नेछ नेपाल’सहित नयाँ एल्बमका गीतसँगै आफ्ना पुराना चर्चित गीतहरु दर्शकमाझ प्रस्तुत गर्नेछ । व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार त्यसैगरि म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।