श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २६ गते मङ्गलबार, ९ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको नवमी तिथि भोलि ०२ः५२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वभाद्र ०९ः५४ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्य लाभ हुनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुनसक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। आजको मिहिनेतले भविष्यमा उपलब्धि दिलाउन सक्छ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानी रोकिनाले केही योजना रोकिन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ।