Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • शिक्षक–कर्मचारीको फेसबुक शिक्षा मन्त्रालयकाे निगरानीमा

शिक्षक–कर्मचारीको फेसबुक शिक्षा मन्त्रालयकाे निगरानीमा

  • कार्तिक १५, २०७५
  • ब्लाष्ट खबर

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ ।

‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’ जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको बढोत्तरीसँगै सार्वजनिक सेवा प्रवाहका कामकारवाहीबारे नकारात्मक टीकाटिप्पणी रोक्न कानूनी प्रबन्ध गरेको हो । सामाजिक सञ्जालको सही प्रयोग नहुँदा त्यसको दुरुपयोगबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकको आचरणासमेत प्रश्न उठ्ने सम्भावना रहेकाले त्यस्ता दुरुपयोग नियन्त्रण गर्न सो मार्गनिर्देशन जारी भएको हो । शिक्षा मन्त्रालय र मातहतका निकायका सार्वजनिक सेवा प्रवाहका क्रममा भए गरेका काम कारवाही, प्रस्तावित नीति तथा कार्यक्रमजस्ता विषयमा अमर्यादित भाषामा टीकाटिप्पणी गर्ने, आन्तरिक विषय परिपक्व नहुँदै सार्वजनिक गर्ने तथा सरकारी नीतिविपरीतका भनाइ सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्ने कार्यलाई मार्ग निर्देशनले निषेध गरेको छ । निर्देशिकाको उल्लङ्घन भएमा साइबर अपराध कानूनबमोजिम कारवाहीका सम्बन्धित निकायका लेखी पठाइनेसमेत उल्लेख गरिएको छ । यही कात्तिक १४ को शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलस्तरीय निर्णयबाट मार्ग निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । छबुँदे उक्त मार्ग निर्देशनले सार्वजनिक सेवामा आबद्ध व्यक्तिको मानमर्दन हुनेगरी सञ्जालमा टीकाटिप्पणी गर्ने, सरुवा, बढुवा लगायतका विषयमा पक्ष/विपक्षमा विभाजित भई मन्त्रालय र कर्मचारीबाट सामाजिक सञ्जालमा अभिव्यक्त हुने कार्यमाथि निगरानीका लागि मातहतका कार्यालयमा सान्दर्भिक शाखा र व्यक्तिलाई जिम्मेवारी दिइने जनाइएको छ । “सरकारको नीति, मन्त्रालय वा सरकारी निकायका निर्णय, प्रस्तावित नीति आफ्नो पेजमा आदानप्रदान (शेसर) गर्न र सकारात्मक टिप्पणी गर्न पाइनेछ ।” मार्ग निर्देशनमा भनिएको छ, “तर त्यस्ता विषयमा नकारात्मक टीकाटिप्पणी गर्न वा व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गर्न, नकारात्मक टिप्पणी लाइक गर्न तथा शेयर गर्ने कार्य निजामति कर्मचारी तथा विद्यालय एवं विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको आचारसंहिता विपरीत हुने हुँदा त्यस्ता कार्यहरु गर्न पाइनेछैन ।” सम्मानित र राजनीतिक व्यक्तित्वहरुको चरित्र हत्या गर्ने, कुनै दल वा सम्प्रदाय विशेषको पक्ष वा विपक्षमा विचार व्यक्त गर्ने, सरकारी सेवामा रहेका वा सेवा निवृत्त कर्मचारीका सम्बन्धमा प्रकाशित अप्रमाणित नकारात्मक समाचारमा टिप्पणी, त्यस्तो टिप्पणी र लाइक गर्न तथा सेयर गर्न मार्गनिर्देशनले रोक लगाइएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सञ्जालको प्रयोगको अनुगमन सम्बन्धित प्रधानध्यापकले गरी सोको अभिलेख राख्ने प्रबन्ध मार्गनिर्देशनले गरेको छ । शिक्षकले कक्षा कोठामा र शिक्षण सिकाइ क्रियाकलापलाई नकारात्मक प्रभाव पार्ने गरी कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न पनि रोक लगाइने उल्लेख छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले रासससँग कुरा गर्दै प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा समेत भ्रमित सूचना फैलाइएको सन्दर्भमा सामाजिक सञ्जाललाई सहीरुपमा प्रयोग गराउन खोज्नु स्वभाविक भएको प्रतिक्रिया दिए । उनले आफूहरुले विस्तृत अध्ययनपछि थप प्रतिक्रिया दिने जनाए । मार्गनिर्देशनले सरकारी कार्यालयको आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्दा त्यससम्बन्धी कार्यविधि २०७४ ले निर्धारण गरेबमोजिम गर्न र कार्यालय समयमा बाधा पुग्ने गरी सञ्जाल प्रयोग नगर्न पनि सम्झाएको छ ।

सम्बन्धित समाचार
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल

विजयपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना र नेपाल पत् ...

नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’

विजयपुर । प्रहरी नायव निरीक्षक नारद प्रसाद दाहाल ‘महिनाको उत्कृष्ट ट्राफिक ...

धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ

विजयपुर । सुनसरीको धरान ८ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।बिही ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
धिमे र लाखे नाचमा नयाँ पुस्ता
वैशाख १०, २०८३
धरानमा विज्ञापन कर विवाद
वैशाख १०, २०८३
प्रयोगविहीन पूर्वाधार उपयोगको नीति बनाऊ
वैशाख १०, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १० गते बिहीबार
वैशाख १०, २०८३
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम
वैशाख ९, २०८३
वसन्तपुरमा वैशाख १० देखि ‘लालीगुराँस महोत्सव’
वैशाख ९, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीमा पुनः सरोज
वैशाख ९, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
धिमे र लाखे नाचमा नयाँ पुस्ता
वैशाख १०, २०८३
धरानमा विज्ञापन कर विवाद
वैशाख १०, २०८३
प्रयोगविहीन पूर्वाधार उपयोगको नीति बनाऊ
वैशाख १०, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १० गते बिहीबार
वैशाख १०, २०८३
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम
वैशाख ९, २०८३
वसन्तपुरमा वैशाख १० देखि ‘लालीगुराँस महोत्सव’
वैशाख ९, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीमा पुनः सरोज
वैशाख ९, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क