धरान । बुधबार नेपाली बजारमा सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

मङ्गलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मङ्गलबार तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । 

यस्तै मङ्गलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ ।