धरान । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको धरान उपमहानगर कमिटी गठन भएको छ ।
भेलाले सतिस केसीको अध्यक्षतामा ४० सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षद्वयमा रञ्जीत साह र गीता मगर, सचिवमा हुकमेन राई चयन भएका छन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले खेलकुदको माध्यमबाट देशलाई चिनाउने खेलाडीहरूको हितलाई ध्यानमा राखी एमालेले महासंघको निर्माण गरेको बताइन् । महासंघका संस्थापक केन्द्रीय उपाध्यक्ष तथा एमाले प्रदेश सदस्य विजय राईले खेलकुदको क्षेत्रमा लागेकाहरूलाई एमालेले मन्त्रीदेखि खेलकुद परिषद्को सदस्य सचिवसम्म बनाएको बताए ।
कार्यक्रमलाई एमाले प्रदेश सदस्य मुरारी सुवेदी, जिल्ला सदस्य तथा धरान इन्चार्ज नारायण सुवेदी, जिल्ला सदस्य तथा महासंघ इन्चार्ज नवराज राई, राजेन्द्र राईलगायतले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गरे ।