लेन्डुप दोर्जेमा चेत पलाउँदा आफ्नो प्रिय मातृभूमि सिक्किमको अस्तित्व समाप्त भइसकेको थियो । जननायक बी.पी. कोइरालाले भारतीय शासकको नेपाललाई हेर्ने गिद्धे दृष्टि अलिपछि थाहा मात्र थाहा पाउनु भयो । यसबाट वहाँ अत्यन्त सचेत हुनुभयो र नेपालको स्वतन्त्र, स्वाधीन र अखण्डता त्यति बेला कायम हुन सकेको हो ।
मानिसलाई पशुभन्दा पृथक् र भिन्न देखाउने उसको दिमाग हो । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले भनेझैँ मानिसको दिमाग काठको बाकस होइन, त्यसैले भने दिमागमा भएभरका फोहोर थुपारेर राख्नु हुँदैन । यो सशक्त बिम्बमय प्रतीकात्मक अभिव्यक्ति हो । विशेषतः दिमागमा फोहोरी विचार पाल्ने प्रचण्ड लगायतलाई भनेकै हो । किनकि एउटा देशभक्तको मन मस्तिष्क यति बिघ्न फोहोरी हुँदैन ।
तपाईँ पहिलोपल्ट प्रधानमन्त्री हुँदा प्रधान सेनापति प्रकरणमा सफल हुनु भएको भए यो देश भयावह आन्तरिक द्वन्द्वमा फस्ने निश्चित थियो । त्यसले देशलाई कुन रसातलमा पु¥याउँथ्यो सम्झन पनि सकिन्न र यस खालका खेलले देशमा बाह्य हस्तक्षेप बढ्दा नेपाली भएर बाच्न पाइन्थ्यो पाइन्थेन भन्नै सकिन्न । तपार्इंको दाउ अहिले झैँ सदा त्यस्तै र त्यतैतिर हुन्छ । प्रधानमन्त्री प्रचण्ड, अलिकति पनि इमान छ भने तपाईंले आफू प्रधानमन्त्री बन्दा गरेको भद्र सहमति बिर्सनै मिल्दैन । ओलीलाई तपाईँको अस्थिर चरित्रबारे फेरि पनि थाहा नभएको होइन तर, देशलाई तीव्रतर रूपमा ओरालो र भिरालोतिर जान नदिनका लागि एउटा अन्तिम मौकाका लागि तपाईँलाई साथ लिन बाध्य भएको स्थिति हो ।
यस लेखकले यही कुरालाई ख्यालमा राखेर मत्ताहात्ती तह लगाउन माउते धेरै चलाख हुनुपर्छ भनेर केही दिनअघि लेखेकै थियो । तपाईँ पहिले प्रधानमन्त्री भएका बेला प्रधान सेनापति प्रकरणमा सफल हुनुभएको भए यो देश अहिलेसम्म रहन्थ्यो कि रहन्थेन थाहा छैन । तपाईं नेपालमा पहिलेदेखि नै कुनै न कुनै उपद्रो गर्न चाहनुहुन्छ, यो कुरा आम देशबासीलाई थाहा छ । २०६२,०६३ को आन्दोलन एउटा सहमतिमा पुग्दा पनि त्यसमा आफू असहमत भएर कार्यकर्तालाई सङ्घर्ष जारी राख्न तपाईंले कडा उर्दी जारी गर्नुभयो तर, भलै कसैले पत्याएनन् ।
तपाईं पहिलोपल्ट प्रधानमन्त्री हुँदा प्रधान सेनापति प्रकरणमा सफल हुनु भएको भए यो देश भयावह आन्तरिक द्वन्द्वमा फस्ने निश्चित थियो । त्यसले देशलाई कुन रसातलमा पु¥याउँथ्यो सम्झन पनि सकिन्न र यस खालका खेलले देशमा वाह्य हस्तक्षेप बढ्दा नेपाली भएर बाँच्न पाइन्थ्यो पाइन्थेन भन्नै सकिन्न । तपाईंको दाउ अहिले झैँ सदा त्यस्तै र त्यतैतिर हुन्छ ।
विगतमा चुनावी तालमेल सम्भावित दुर्घटना रोक्ने असल नियतबाट गरिएको कति नेताले बुझेका छन् थाहा छैन । नेपाली जनतालाई जयसिंह धामी मारिँदा मुख सिएर बस्ने र नाकाबन्दी विरुद्ध चुइँक्क नबोल्ने देउपा काङ्ग्रेसले अघिसारेको राष्ट्रपतिले देश र जनताको किमार्थ गर्दैन । जननायक बीपी कोइराला विरासतका इमान्दार देशभक्त काङ्ग्रेसीजनले पनि यो कुरा राम्ररी बुझेका छन् । मानिसको एउटा मात्र मुख हुन्छ । माओले हजारपल्ट नाप, अनि मात्र काट त्यसै भन्नुभएको होइन । गोली र बोली फर्केर आउँदैन । इमानको राजनीति मात्र दिगो हुन्छ । तपाईंजस्ता पात्र र प्रवृत्तिले राजनीतिलाई फोहोरी खेल बनाउनुभएको हो । भकुण्डो राजनीति हो, त्यसको कुनै गल्ती हुँदैन । तर, खेलाडी खराव हुनाले राजनीतिप्रति आक्षेप लागेको हो । माओले भन्नैका लागि सदा इमान्दार हुनु भन्नुभएको होइन । नाङ्गिने पनि हद हुन्छ हद पार नगर्नु होला कमरेड ?
प्रचण्ड कमरेड, तपाईंले धेरै पटक आफ्ना गल्तीहरूप्रति माफी माग्नुपरेको छ । दस बर्से जनयुद्धको तीतो अनुभव बताउँदै कसैले कसैलाई बन्दुकको बलमा समाप्त पार्न सकिने रहेछ भनेर बन्दुक बिसाउनु भयो । यति कुरा बुझ्न रगतको खोलो बगाउनुभयो । प्रसिद्ध नियात्राकार जीवा लामिछानेले बुरुण्डी लगायत देश जातीय साम्प्रदायिक तथा धार्मिक रुपमा चिहानमा परिणत भए पछि बुद्धि पलाएर क्रमशः प्रगतिपथमा लम्किएको बताएका छन् । जननेता मदन भण्डारीले यस्ता कुरा पहिले नै राम्ररी मनन गरेर माक्र्सवादको पुनः सृजन गरी जबज सिद्धान्त प्रतिपादन गर्नु भयो । तपाईंले पनि धेरै पछि उग्रवादी दुस्साहसवादी चिन्तन र चरित्रबाट हरेस खाएर एक्काइसौँ शताब्दीको जनवाद भन्न बाध्य हुनुप¥यो । जबजलाई हरियो घाँसमा लुकेको सर्प भन्ने तपाईंहरू जबजकै मार्गमा अवतरण गर्नुभयो । तपाईंले प्रधान सेनापति प्रकरण र पशुपतिका मूल पुजारी परिवर्तन गर्ने मुद्दामा पनि माफी माग्नु पर्यो, गल्ती स्वीकार्न बाध्य हुनुपर्यो ।
प्रचण्ड कमरेड, अखिर धेरै ढिलो भए पनि तपाईंले नेपाल र नेपाली हुनुमा गर्व गन बाध्य हुनुप¥यो । तपाईंले लामो समयसम्म एकीकरण अभियान र अभियन्तालाई धारे हात लगाएर दिन बिताउनुभयो । देशको गौरवशाली नाम राष्ट्रिय झण्डा हटाउने तपाईंको अत्यन्त कलुषित र कृतघ्न चिन्तन र चरित्र जनताले तिरस्कार गरिदिए । कहिलेकाहीँ नेतालाई जनताले घोक्र्याएर सत्य स्वीकार्न बाध्य पार्छन् ।
माक्र्स पढेर के गर्नु माक्र्सवादको गुह्य र अन्तर्य राम्ररी मनन् गरेकै छैन । गरेको भए जनवादी केन्द्रीयताका नाममा नोकरसाही केन्द्रीयता कम्युनिष्टहरूले लागू गर्ने गल्ती गर्ने नै थिएनन् । माक्र्सले किसान मजदुरले आफ्नो मुक्ति आफैँ जितेर लिनुपर्छ भन्नु भयो । यसको गुह्य अर्थ भुईँ तहदेखि सैद्धान्तिक वैचारिक सचेतताको व्यापक लहर सिर्जना गरेर आम श्रमजीवी जनतालाई पार्टी र मोर्चा सङ्गठन वरिपरि गोलबद्ध गर्नुपर्छ र तिनकै हात र साथ लिएर आन्दोलन सफल पार्नुपर्छ भन्नुभएको हो । तर, तपाईंहरू उक्त भनाइ विपरीत उल्टो यात्रामा लाग्नुभयो । ८० प्रतिशत भूभाग कब्जा गरेको भनेर फुइँ गर्ने तपाई र तपाईंको पार्टी भूभागविहीन हुँदो छ । अहिले ओलीसितको सङ्गतबाट भयभित भएर एमालेबाहेकसित पार्टी एकीकरण अभियान गर्न थालेको सुनिन्छ तर याद गर्नु होस् पानी पकाएर बाक्लो हुन्न मान्छे फकाएर पनि आफ्नो हुन्न नि । तपाईंले जस्तो सिकाउनुहुन्छ, तपाईंको पार्टीका अनुचरले त्यही शिक्षा सिक्ने होला । जनार्दन शर्मा तपाईंविरुद्ध ज्यान फालेर लागिरहेको देखिन्छ । पहिले पो तपाईंसित बन्दुक थियो र बाबुरामसमेत बालबाल बचेका हुन् । त्यसैले तपाईं आफ्नो छायाँदेखि आफै तर्सिंदै हुनुहुन्छ । तर, ओलीसित तपाईं ििनासित्ति नतर्सिए हुन्छ । ओली आफू भलो जगत् भलो भन्ने मान्यतामा हुनुहुन्छ । देश र जनताको भलो गरुन्जेल तपाईं निर्ढुक्क काम गर्नुहोस् तर, छिर्के लगाउने कोशिस गर्नुभयो भने ओलीले गरेको त्यसको प्रतिवाद तपाईंलाई कहिल्यै नबिर्सने पीडा हुनेछ । जीवन र मरण पनि दुई खाले हुन्छ । बाँच्दै मर्ने कि मरेर बाँच्ने यसमा बहुत विचार गर्नु होला ।
राजनेताले कम्तीमा २०–५० वर्षपछिको भविष्य देखेको हुन्छ । तर, तपाईंहरू गोडा दसेक वर्षपछिको स्थिति देख्नुहुँदो रहेनछ । झापा सङ्घर्षका कारण तत्कालीन माले र एमाले देशव्यापी भएको देखेर आहारिस गर्न थाल्नुभयो । जानेदेखि देखासिकी गरिखानु राम्रै कुरा थियो । तर, आहारिसको औडाहाले गल्दा बन्दुक बोक्ने रहर गर्नुभयो । पञ्चायतविरुद्धका सशक्त सङ्घर्षमा सडक पेटीमा बसेर रमिता हेर्नुभयो । सबै बाम मिलेर पञ्चायतविरोधी आन्दोलन सशक्त बनाएको भए शक्ति सन्तुलनको भार बाम पक्षमा हुन्थ्यो । तर, एक्लो वीर बन्न खोज्दा देशको जन र धनको अपार क्षति भयो । सकेसम्म शान्तिपूर्ण वा क्षति विना र सकेसम्म कम क्षतिबाट सामाजिक परिवर्तन गर्नुपर्छ भन्ने मान्यता माक्र्सवाद को हो । त्यसैले मदन भण्डारीले राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्नुभएको हो । जबजले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मूल ध्येय राखेको छ । तर, तपाईं भने छलछाम जालसाझी दोहोरो र दोधारे काम र कुराबाट सरकार र सत्तामा लेपास्सिन चाहनुहुँदो रहेछ ।
माक्र्सले किसान, मजदुरले आफ्नो मुक्ति आफै जितेर लिनुपर्छ भन्नुयभो । यसको गुह्य अर्थ भूईं तहदेखि सैद्धान्तिक वैचारिक सचेतताको व्यापक लहर सिर्जना गरेर आम श्रमजीवी जनतालाई पार्टी र मोर्चा संगठन वरिपरि गोलबद्ध गर्नुपर्छ र तिनकै हात र साथ लिएर आन्दोलन सफल पार्नुपर्छ भन्नुभएको हो । तर, तपाईंहरू उक्त भनाइ विपरीत उल्टो यात्रामा लाग्नुभयो । ८० प्रतिशत भू–भाग कब्जा गरेको भनेर फुईं गर्ने तपाईं र तपाईको पार्टी भूभागविहीन हुँदो छ । भारतविरुद्ध केही गर्दिन तमसुक,नेपालको नाम र झण्डा फेर्न आतुर र व्यग्र, जात, भात, नाक र नश्ल, भूगोललगायत अनेक बहानामा नेपालको शान्ति र समुन्नति भन्दा ध्वंश तपाईको चाहना थियो र छ । अब तपाईँको बुद्धि सर्वनाश नभई तपाईको बुद्धि पलाउला जस्तो लाग्दैन । देशलाई सर्वोपरि राख्ने बुद्धिजीवी हो भने सत्यतथ्य छुट्याउँछ भर्खरै सरस्वती पूजा गरेका छौ । हाम्रा दूरदृष्टिका पूर्वजले वीणा, पुस्तक र हाँसको वाहन चढेकी भनेर तयार पारेको सरस्वती श्लोक पनि पाठ गरेका छौँ । उक्त श्लोकमा विद्याको बहुआयाम उल्लेख गरिएको छ भने हाँसले झैँ दूध र पानी,इमान र बेइमान,सत्य र झुट छुट्याउने सामथ्र्य भएका तपाईंका पार्टीमा कुनै मानिस छन् भने तपाईंको बेहोरा र कर्मलाई अवश्य धिक्कार्नेछन् । होइन ती तपाईका पशु झैँ मित्र, नेता र कार्यकर्ता हुन् र छन् भने तिनको यो जुनी नै धिक्कार योग्य छ ।
हाम्रा दुरदृष्टिका पूर्वजले वीणा, पुस्तक र हाँसको वाहन चढेकी भनेर तयार पारेको सरस्वती श्लोक पनि पाठ गरेका छौँ । उक्त श्लोकमा विद्याको बहुआयाम उल्लेख गरिएको छ भने हाँसले झैँ दूध र पानी, इमान र बेइमान, सत्य र झुट छुट्याउने सामथ्र्य भएका तपाईंका पार्टीमा कुनै मानिस छन् भने तपाईंको बेहोरा र कर्मलाई अवश्य धिक्कार्नेछन् । होइन ती तपाईका पशु झैँ मित्र, नेता र कार्यकर्ता हुन् र छन् भने तिनको यो जुनी र जिन्दगी नै धिक्कारयोग्य छ ।
प्राविधिक कारणले इमानले हार्नुप¥यो भने उसको अनुहार हँसिलो नै हुन्छ । घाम अस्ताउने बेला पनि रातै हुन्छ । तर, बेइमान जतिसुकै महान् भनिने पदमा बसे पनि अनुहार सधैँ मुर्झाएको हुन्छ । अलिकति भए पनि बुद्धि, विवेक र इमान भएको प्रगतिशील वा प्रजातान्त्रिक आस्थावान् व्यक्ति छ भने उसले तपाईंका कृत्यहरू आलोच्य ठान्छ । देशको प्रधानमन्त्री नै खुलेआम धोखाधडी गर्छ भने तलतल सबै क्षेत्रमा अझ चरम धोखाधडी हुन्छन् । झुक्याउनु, छक्याउनु र जालसाझी गर्नु कुनै बहादुरी होइन ।