Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

alt
  • भदौ ३, २०८१
  • ब्लाष्ट खबर

भोजपुर/पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ।

आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो।

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७/८७ बाट उद्यान निर्माण थालिएको हो। यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो।

त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ। उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ।

उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ।


उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिएका छन्।

दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ। यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिएका छन्।

यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उनको भनाइ छ। यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट २० लाख विनियोजन भएको उनले जानकारी दिए।

“उद्यानको भौतिक निर्माणको काम करिव अन्तिम चरण पुगेको अवस्था छ”, उहाँले भन्नुभयो, “उद्यानमा पर्यटन तथा अनुसन्धानमा सहयोग पुग्ने खालका आवश्यक संरचना निर्माण गरिएको छ। खोजीकर्ताले यहाँ आएर एकसाथ धेरै खालका वनस्पतिको खोज तथा अनुसन्धान गर्न सक्नेछन्।”

उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए।

यसको थप विकास तथा संरक्षणमा भने स्थानीय नागरिकसँगै स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ। उद्यान निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्ने उहाँको धारणा छ।

“बहुउद्धेश्यसहित यहाँ वनस्पति उद्यान निर्माण गरिएको छ”, प्रमुख शाहले भने, “उद्यान निर्माणले यहाँका नागरिकको जीवनस्तर सुधारमा केही टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ। उद्यानले पहाडी क्षेत्रमा पाइने वनस्पतिको खोजी तथा अनुसन्धानमा पनि सहयोग पुग्नेछ।” यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै एक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यले काम भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए। यो ठाउँमा वनस्पति उद्यान निर्माणले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ। “यहाँको पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न वनस्पतिको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले उद्यान निर्माण भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यो स्थान पर्यटनको निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो। उद्यान निर्माणले यसको थप उजागर हुन्छ। संरक्षण तथा थप विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक भूमिका खेलिरहेका छौँ।”

सम्बन्धित समाचार
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी

विराटनगर । विराटनगर–१२ का विष्णु पोखरेलको जग्गामा राजेश कामतको परिवार लामो ...

होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल

तेह्रथुमको आठराई–७ छातेढुङ्गाको होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान ...

‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम

विजयपुर । साहित्य, कला, संस्कृति र फोटोग्राफीलाई एउटै मञ्चमा प्रस्तुत गर्ने ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी
जेठ २५, २०८३
होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल
जेठ २५, २०८३
‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम
जेठ २५, २०८३
सगरमाथा क्षेत्रमा बेपत्ता भएका दावा शेर्पाको खोजी गर्न माग
जेठ २५, २०८३
विद्यालय समायोजन नीति कार्यान्वयन आवश्यक
जेठ २५, २०८३
आजको राशिफलः २०८३ साल जेठ २५ गते सोमबार
जेठ २५, २०८३
आइतबारको बिदा खारेज गर्ने तयारी छैन
जेठ २४, २०८३
होली गार्डेनको अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु
जेठ २४, २०८३
प्राइम भिजन इन्टरनेशनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न
जेठ २४, २०८३
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्धः परराष्ट्रमन्त्री खनाल
जेठ २४, २०८३
सिरदली–चौडेनी सडक स्तरोन्नति
जेठ २४, २०८३
विश्व खाद्य सुरक्षा दिवसः दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
जेठ २४, २०८३
रास्वपा सुनसरी सभापतिमा दाहाल र उपसभापतिमा श्रेष्ठ
जेठ २४, २०८३
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री मेहता
जेठ २४, २०८३
ब्राउन सुगरसहित दुई जना पक्राउ
जेठ २४, २०८३
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी
जेठ २५, २०८३
होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल
जेठ २५, २०८३
‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम
जेठ २५, २०८३
सगरमाथा क्षेत्रमा बेपत्ता भएका दावा शेर्पाको खोजी गर्न माग
जेठ २५, २०८३
विद्यालय समायोजन नीति कार्यान्वयन आवश्यक
जेठ २५, २०८३
आजको राशिफलः २०८३ साल जेठ २५ गते सोमबार
जेठ २५, २०८३
आइतबारको बिदा खारेज गर्ने तयारी छैन
जेठ २४, २०८३
होली गार्डेनको अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु
जेठ २४, २०८३
प्राइम भिजन इन्टरनेशनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न
जेठ २४, २०८३
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्धः परराष्ट्रमन्त्री खनाल
जेठ २४, २०८३
सिरदली–चौडेनी सडक स्तरोन्नति
जेठ २४, २०८३
विश्व खाद्य सुरक्षा दिवसः दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
जेठ २४, २०८३
रास्वपा सुनसरी सभापतिमा दाहाल र उपसभापतिमा श्रेष्ठ
जेठ २४, २०८३
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री मेहता
जेठ २४, २०८३
ब्राउन सुगरसहित दुई जना पक्राउ
जेठ २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क