Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ:राष्ट्रपति पौडेल

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ:राष्ट्रपति पौडेल

alt
  • भदौ ७, २०८१
  • ब्लाष्ट खबर

राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताउनुभएको छ।

जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए।

उनले संस्कृत अमृत भाषा भएको उल्लेख गर्नुहुँदै यसभित्र अमर सन्देश छन्, जसबाट अहिले पनि मानव जगत् आल्हादिन भइरहेको छ भने।

“संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ”, राष्ट्रपति पौडेलले भने शुल्कयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपोभूमि नेपाल हो भने।

विसं २००४ मा बोल्न, लेख्न र सङ्गठन गर्न नपाउने जनविरोधी एक तन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रले काठमाडौँमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम् आन्दोलनको ठूलो योगदान छ ।”

संस्कृतमा वसुधैव कुटुम्बकम् भनेर विश्वन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्वमानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानवमात्रको सुख तथा समृद्धिको संकल्प गरिएको पाइन्छ भन्दै राष्ट्रपति पौडेलले यी उदात्त भावना र विचारलाई हामीले मनन् र प्रयोग गर्न सक्नुपर्छ भने।

जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल तथा विद्यालयको संरक्षण र विकास कार्य गर्नु खुशीको विषय भएको उनको भनाइ थियो।सबै भाषाभाषीले सबै भाषाभाषीलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण तथा समुत्थान सम्भव हुने राष्ट्रपति पौडेलले विचार व्यक्त गरे।

“कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीले सबै भाषाभाषीलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण तथा समुत्थान सम्भव छ”, उनले भने।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राध्यापक नीलमणि ढुङ्गानालाई जयतु संस्कृतम् पुरस्कार प्रदान गरे।


साथै राष्ट्रपति पौडेलले प्रा डा ऋषिराम पोखरेल, प्रा डा दीर्घराज घिमिरे, प्रा डा.रामचन्द्र गौतम, प्रा गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गर्नुभएको थियो। कार्यक्रममा जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले संस्कृत भाषाको प्रवर्दनमा गरिएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

सम्बन्धित समाचार
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल

विजयपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना र नेपाल पत् ...

नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’

विजयपुर । प्रहरी नायव निरीक्षक नारद प्रसाद दाहाल ‘महिनाको उत्कृष्ट ट्राफिक ...

धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ

विजयपुर । सुनसरीको धरान ८ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।बिही ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
धिमे र लाखे नाचमा नयाँ पुस्ता
वैशाख १०, २०८३
धरानमा विज्ञापन कर विवाद
वैशाख १०, २०८३
प्रयोगविहीन पूर्वाधार उपयोगको नीति बनाऊ
वैशाख १०, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १० गते बिहीबार
वैशाख १०, २०८३
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम
वैशाख ९, २०८३
वसन्तपुरमा वैशाख १० देखि ‘लालीगुराँस महोत्सव’
वैशाख ९, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीमा पुनः सरोज
वैशाख ९, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
धिमे र लाखे नाचमा नयाँ पुस्ता
वैशाख १०, २०८३
धरानमा विज्ञापन कर विवाद
वैशाख १०, २०८३
प्रयोगविहीन पूर्वाधार उपयोगको नीति बनाऊ
वैशाख १०, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १० गते बिहीबार
वैशाख १०, २०८३
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम
वैशाख ९, २०८३
वसन्तपुरमा वैशाख १० देखि ‘लालीगुराँस महोत्सव’
वैशाख ९, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीमा पुनः सरोज
वैशाख ९, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क