विजयपुर । सुनसरीको धरान ८ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
बिहीबार लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट वरगाछीबाट खटिएको टोलीले स्थानीय वर्ष २५ का तुफान विकको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा विकको कोठाबाट ब्राउन सुगर ३.९३ ग्राम फेला परेको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।