विजयपुर । प्रहरी नायव निरीक्षक नारद प्रसाद दाहाल ‘महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन् ।
उनी २०८२ साल चैत्र महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका हुन् । दाहालले कर्तव्यनिष्ठ, लगनशील र व्यावसायिक रूपमा जिम्मेवारी निर्वाह गर्दै विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न गरेकाले उत्कृष्ट छनोट गरिएको हो । हाल ट्राफिक प्रहरी पोष्ट दुहवी, सुनसरीमा कार्यरत दाहालले इटहरीमा भएको सवारी दुर्घटना घटनामा फरार मोटरसाइकल चालकलाई अनुसन्धान गरी नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै, दुहवीमा ट्राफिक प्रहरी बिट निर्माण, आवश्यक सामग्री व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग समन्वय गरी ट्राफिक कोन व्यवस्थापन, सवारी साधनमा जडान गरिएका झल्लर तथा प्रेसर हर्न हटाउने कार्यमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । उनले सम्पादन गरेका कार्यको कदर गर्दै दाहाललाई ‘ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।