शनिश्चरे/ अन्य भौतिक विकासले द्रूत गति लिएको मोरङको पथरीशनिश्चरे नगर क्षेत्रलाई पर्यटकीय हिसाबले समेत अघि बढाउन स्थानीय जुटेका छन् ।
हरियाली जङ्गलको का
खमा पर्यावरणीय विविधता र पर्यटकीय प्रचुर सम्भावना बोकेको नगरको वन संरक्षण, सिमसार क्षेत्रको प्रवद्र्धन, पोखरी निर्माणसहित धार्मिक पर्यटनका कामहरु अगाडि बढेका छन् । नगरको पथरीमा रहेको सिमसार क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्र बनाउने अभियान अगाडि बढेको छ । शान्ति सामुदायिक वन समितिले आप्mनो संरक्षण क्षेत्रमा रहेको जालपादेवी भुल्के सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पोखरी निर्माणको काम शुरु गरेपछि त्यस वरपरका सिमसार क्षेत्रमा पनि पोखरी निर्माणको चासो बढेको छ । पूर्वपश्चिम लोकमार्गबाट ४ सय मिटर उत्तरमा रहेको भुल्के सिमसार क्षेत्रको पोखरी निर्माण कार्य भने अन्तिम चरणमा पुगेको समिति अध्यक्ष कूलबहादुर गुरुङले जनाए । ‘यसलाई हामी पूर्वकै आकर्षक पर्यटकीयस्थल बनाएर पथरीशनिश्चरेको पहिचानलाई पर्यटनबाट चिनाउने छौं’, उनले भने ।
पथरी बजारको पश्चिम ट्राफिक कार्यालय उत्तर रमणीय जङ्गल क्षेत्रमा रहेको भुल्के सिमसारलाई संरक्षण गर्दै पर्यटकको केन्द्र बनाउने उद्देश्यले १ हेक्टर क्षेत्रमा पोखरी निर्माण गरी डुङ्गा सञ्चालन गर्ने तथा त्यसको डिल र आसपासलाई आकर्षक पार्क तथा वनभोजस्थल बनाउने योजना उनले सुनाए । पाँच वर्षभित्र त्यहाँको संरचना निर्माण गरिसक्ने योजनाअनुसार विभिन्न उप–समितिहरु समेत गठन गरिएको छ ।
जिल्ला वन कार्यालय मोरङले सिमसार तथा पर्यटकीय क्षेत्र विकासमा तत्कालका लागि १ लाख ५० हजार रुपैयाँ प्रदान गरेपछि शान्ति सामुदायिक वनले समेत आपूmले लगानी गरेर पोखरी निर्माणको काम अगाडि बढाएको छ । उनी भन्छन्, ‘हालसम्म पोखरी निर्माणमा ६ लाख खर्च भइसक्यो । अब ड्याम बनाउन बाँकी छ । त्यसपछि अरु कामहरु क्रमिकरुपमा निरन्तर अघि बढ्नेछन् ।’ त्यसको पश्चिममा रहेका विभिन्न जातीय धार्मिक मन्दिर, गुम्बाहरुलाई पर्यटन प्रवद्र्धनका हेतुले आकर्षक रुपमा व्यवस्थापन गर्न पनि वन समितिले अनुरोध गर्दैछ । सिमसारको आकर्षणसँगै धार्मिक पर्यटन समेत जोडेर धार्मिक सहिष्णुताको स्थल समेत बनाउने सोच रहेको पोखरी निर्माण समिति संयोजक प्रेम चोङवाङले प्रष्ट्याए ।
त्यसभन्दा उत्तरमा रहेको जालपाभुल्केदेवी मन्दिर र त्यस क्षेत्रको सिमसारलाई पनि व्यवस्थित गर्न छलफल हुँदैछ । त्यहाँ वर्षाैंदेखि पूजाआजा गरिदै आएको स्थलमा मन्दिर र सानो पक्की पोखरी बनाएर त्यसमा धारा जोडी धार्मिक पर्यटन क्षेत्रका रुपमा चिनिँदै आएको छ । त्यसभन्दा दक्षिणमा रहेको हरियाली सामुदायिक वन क्षेत्रमा पनि पोखरी निर्माणको अभियान चलेको छ ।
हरियालीले त आप्mनो कार्यालय परिसर पश्चिममा सानो आकारको पोखरी यसअघि नै खनाइसकेको छ । त्यसको डिलमा पूmल तथा बिरुवा रोपेर आकर्षकस्थल बनाउने योजना रहेको समिति अध्यक्ष विकास मगरले सुनाए । ‘यो पोखरी वन्यजन्तु, चराचुरुङ्गीका लागि खान तथा आगलागी र डढेलो लाग्दा निभाउन पानीको सञ्चितीको लागि पनि हो । साथै रमणीयस्थलका रुपमा विकसित गर्न पनि हो’, उनले बहुउपयोगी फाइदा अथ्र्याए ।
पोखरीमा पर्यटन केन्द्रित गराउने लहर चलेपछि किरात राई यायोक्खाले साकेलास्थल उत्तरमा यसअघि निर्माण गरेको सानो पोखरीको सरसफाइ गरी त्यसलाई आकर्षक बनाउन लागेको स्थानीय अगुवा किशोर राईले बताए । पर्यटन प्रवद्र्धन र शहर व्यवस्थित गर्ने क्रममा पथरीको पूर्व स्टेण्डलाई ट्राफिक कार्यालय अगाडिको खाल्डो पुरेर त्यहाँ सार्ने र पश्चिम स्टेण्डलाई पथरी खोला पश्चिममा स्थानान्तरण गर्नका लागि माटो सम्याउने काम अगाडि बढेको छ ।
उता वडा नम्बर ८ को जिरिखिम्तीमा रहेको महादेव शिवालय मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षकस्थल बनाउन विदेशी दाताको समेत चासो बढेको छ । मन्दिरलाई व्यवस्थित गर्दै वेदविद्यालय निर्माणका लागि नारी शक्ति आरती ट्रष्टमार्र्पmत् ट्रष्टका संरक्षक हल्याण्ड निवासी रामभरत सिंहले सहयोग गर्ने लिखित सहमति गरिसकेर काम शुरु गर्ने भएका छन् । सिंहले आप्mनी छोरी आरतीको स्मृतिमा करीब ५ करोड रुपैयाँ लगानीमा वेद विद्यालय, शिव र पार्वतीको मन्दिर, गौशालासहितका धार्मिक पर्यटनका पूर्वाधार निर्माण गर्ने धार्मिक वन समिति सचिव प्रेम ढकालले उल्लेख गरे । त्यहाँ निर्माणकै क्रममा रोकिएको पोखरीलाई पनि निर्माण पूरा गर्ने योजना छ । धार्मिक वनका रुपमा फलपूmल, जडिबुटी सहितका बोटबिरुवा संरक्षित छन् । जिरिखिम्तीकै डाँसमोरङ्गी सामुदायिक वन समूहले पनि पुरानो र ऐतिहासिक पिकनिकस्थललाई व्यवस्थित गरी वन पर्यटनको पाटोबाट पनि चिनाउन योजना बनाउँदै गरेको समूह अध्यक्ष शिवप्रसाद भट्टराईले बताए । डाँसखोलामा व्यवस्थित घाट निर्माण गर्न सांसद विकास कोष र अन्य स्रोतबाट सहायोग जुटाउने योजनामा छुट्टै समिति बनेको छ । वडा नम्बर २ मा सुन्दर सामुदायिक वन समूहले निर्माण गरेको वनभित्रको पोखरी पनि आकर्षक छ ।