तरहरा/ सरकारी कानुनको वेवस्स्ता गदै इटहरी उपमहानगर भित्र जथाभावी जग्गा प्लटिङ भईरहेको इटहरीका अगुवाहरुले वताएका छन । मनपरी रुपमा आफु खुसी जग्गा प्लटिङ भईरहदा पनि उपमहानगरपालीका मौन बसेको भन्दै सर्वसाधरणहरुले नगर प्रति आक्रोस पोखेका छन । जथाभावी भएको जग्गा प्लटिङकै कारण इटहरी वर्षेनी ढुब्दै आएको भन्दै तत्काल अनियन्त्रीत रुपमा भएको प्लटिङ रोक्न उनीहरुले माग गरेका छन । platimg इटहरी उपमहानगरपालीकाले गरेको सार्वजनिक सुनाई कार्यक्रममा आएका इटहरी २६ आँपगाछीका सामाजिक अगुवा आनन्द ढकालले जग्गा प्लटिङले इटहरी वर्षेनी ढुवानमा पर्ने गरेको वताए । उनले भने सामान्य नियम समेत पालना नगरी गरेको प्लटिङकै कारण इटहरीका डेढ लाख जनता वर्षेनी ढुब्दै आएको उनको भनाई थियो । नियम पालना गराउँने सरकारी निकाय के गदैछ ? सार्वजनिक सुनाईको उनको प्रश्न थियो । जग्गा दलालहरुले मापदण्ड विपरीत जग्गा प्लटिङ गरेको स्थानीयवासीको गुनासो छन । जग्गा व्यापारीले सरकारले तोकेको मापदण्ड पनि पूरा नगरी प्लटिङ गरेका छन् । प्लटिङ गर्न नगर सँग स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । तर, उनीहरूले बेवास्ता गर्दै आएको इटहरी ५ का ताराप्रसाद पोखरेलले गुनासो गरे । प्लटिङकै कारण पूर्वकै उदयमान शहर अस्तब्यस्त भईरदा कानुन पालना गर्ने निकाय किन चुप ? पोखरेलको प्रश्न थियो । जग्गा प्लटिङ गर्दा आधारभूत आवश्यकता बाटो, ढल निकास, फोहोर व्यवस्थापन, खानेपानी, सामुदायिक क्षेत्र, परम्परागत आवासीय क्षेत्र, संस्थागत क्षेत्र, विकासशील क्षेत्र, हरित क्षेत्रलगायतमा ध्यान दिनु पर्ने सर्वसाधरण तथा सामाजिक अगुवाहरुको माग छ । इटहरी २४ का सामाजिक अगुवा गणेश भण्डारीले वाटो घाटोहरु अस्तब्यस्त भईरहेको गुनासो गरे । इटहरीवासी कृष्ण प्रसाद नेपालले पनि विकास निमार्णको काममा उपमहानगरपालीका गम्भिरताको साथ लाग्न सुझाव दिए । यता इटहरी उपमहानगरपालीका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले प्लटिङ जथाभावी भईरहेको स्वीकार गरे । उनले भने हामीले कडाईका साथ गर्ने नसकेकै हो । ‘अनुमति नलिई तोकिएको मापदण्डविपरीत जग्गा प्लटिङ गर्ने क्रम बढेको छ,’ वरिष्ठ इन्जिनियर दाहालले भने । प्लटिङगर्दा अनिवार्य २० फिटको वाटो तथा गल्लीहरुमा १६ फिट अनिवार्य हुनु पर्ने नियम भएको भए पनि अधिकांले यो नियम कार्यन्वयन नगरेको उनी आफै स्वीकार गर्छन । पैनी मिच्ने क्रम भने रोकिएको र पैला मिचेर वनेका घरहरु एक दिन भत्काईन्छ उनले भने । सुनसरीको कुल खेतीयोग्य जमिन ७४ हजार ३ सय ५३ हेक्टर मध्ये ३ हजार हेक्टर अर्था ३.६५ प्रतिशत जमिन प्लटिङमा परीणत भएको जिल्ला केषि कार्यलय सुनसरीले जनाएको छ । आफुखुशी प्लटिङ गरेर अनियन्त्रित रूपमा जग्गा खरिद बिक्रिका कारण बातावरणमा असर पुग्नुका साथै सडक, पार्क, उद्यान, खेलमैदान, दैवी प्रकोप आइपर्दा उद्दार गर्न, पानी, बिजुली र टेलिफोनको लाइन बिस्तार गर्न समेत ठूलो समस्या हुने भन्दै मापदण्ड सहितको निति ल्याएको थियो । यता उपमहानगरपालीका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले उपमहानगर पालीकामा भईरहेको काम कारवार्हीलाई अझै चुस्त दुरुसत वनाउँदै लौजाने वताए । इटहरी वर्षेनी ढुवान भईरहेको भन्दै दिर्घकालीन समस्याको सामधान खोज्ने उनको प्रतिवद्धता छ । यता सुनसरी २ नम्वर क्षेत्रका सांसद रेवती भण्डारीले इटहरीलाई ढुवानवाट वचाउँन आफुले सक्दो प्रयास गरीरहेको जनाए ।