फेरि बंगलादेशमा बम विस्फोट
- असार २३, २०७३
- ब्लाष्ट खबर
४ को मृत्यु
एजेन्सी । इद उल फित्रको सामूहिक नमाज पढिरहेको स्थान नजिकै बिहीबार बंगलादेशको राजधानी ढाकाबाट १ सय ४० किलोमिटर टाढाको किशोरगञ्जमा बिष्फोट हुँदा एक सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको छ ।
एकसाता मै बंगलादेशमा यो दोस्रो विस्फोट हो । एक साता अघि मात्रै राजधानी ढाकामा बन्दुकधारीले एक क्याफे नियन्त्रणमा लिएर २२ जनाको हत्या गरेका थिए । उक्त घटनामा ७ बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएका थिए ।
इद उल फित्रको दिन नमाज पढ्न २ लाख मानिस जम्मा भएको स्थान नजिकै आक्रमणकारीले घरेलु बम प्रहार गरेका थिए ।
‘आक्रमणकारीले प्रहरी चेकपोष्टलाई लक्षित गरी बम प्रहार गरेका थिए । बिष्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । एक आक्रमणकारी मारिएका छन् र अर्का एक पक्राउ परेका छन्’, प्रहरी अधिकृत महबुबुर रहमानले बताए ।