भद्रपुर/ २२ औं विश्व आदिवासी दिवसको अवसरमा भद्रपुरमा विविध कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति भद्रपुरले भद्रपुर नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न गरेको हो । नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष चन्द्रवहादुर गुरुङ्गले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङ्गले नेपालमा पशुपंक्षीको मन्त्रालय हुने तर आदिवासी जनजातिकोे मन्त्रालय नभएकोले तत्काल बनाउन माग गरेका छन् । aadibasi जनसंख्याको ३७ दशमलव ८ प्रतिशत आदिवासी जनजाति रहेको देशमा जनजातिलाई हक हित गर्नुृको सट्टा उल्टै प्रष्ठिान खारेजी गर्नेतर्फ सरकार लागीपरेको बताए ।नगर समन्वय समितिका अध्यक्ष सन्तोष राजवंशीको सभापतित्व तथा गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सल्लहाकार श्याम बहादुर गुरुङ्ग, राजवंशी समाज झापाका अध्यक्ष पुकार राजवंशी, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रजित मुखिया लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न जातिका भेषभुषामा सजिएर झाँकी प्रर्दशन गरेका थिए ।