धरान/धरान पोजिटिभ समुह धरानले एचआइभी संक्रमित तथा प्रभावित वालवलिकालाई सोमवार शैक्षिक सामग्रि हस्तान्तरण गरेको छ । समुहले धरान ८ स्थित आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि धरानका आठ जना संक्रमित तथा प्रभावित वालवालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
[caption id="attachment_9460" align="alignnone" width="1024"]
तस्विर– बिकाश चाम्लिङ राई[/caption]
केहि समय अगाडि धरान रनको सहयोगमा संचालित संक्रमित वालवालिकाको लागि हातेमालो शिक्षा अक्षयकोष वाट आएको व्याजको रकमले शैक्षिक सामग्री खरिद गरि सामग्री वितरण गरेको हो । धरान रनले तेस्रो नेवा च्यारेटि ८के रन प्रतियोगिता वाट उठेको रकम एक लाख ५० हजार रुपैया समुहलाई सहयोग गरे पछि सोहि रकमले कोषको स्थापना गरेको समुहका अध्यक्ष खगेन्द्र खडकाले वताए । कोष स्थापना कार्यक्रममा वराह ज्वेलरीले थप पचास हजार रुपैया र स्थानिय युवा समाजसेवि प्रविण राईले ९ हजार र पत्रकार उपेन्द्र चाम्लिङले एक हजार रुपैया कोषको लागि तत्काल सहयोग गरे पछि दुईलाख दश हजारको अक्षय कोष स्थापना भएको थियो ।
गत साल आयोजित चौथो नेवा च्यारेटि ८के रन वाट उठेको रकम मध्य २१ हजार रुपैया धरान रनले कोषमा थप गरे पछि हाल २ लाख ३१ हजारको कोष रहेको खडकाले जानकारी गराए । यस भन्दा अघि पनि वालवालिकालाई व्याज वापत आएको रकमले शैक्षिक सामग्रि हस्तान्तरण गरिसकेको पनि उनले वताए । उनका अनुसार सुनसरीमा संकमित तथा प्रभावित वालवालिका चार सय भन्दा वढि रहेको पनि वताए ।
उनले व्याज वापत आएको रकम १९ हजार ८सय ४५ रुपैयाको सामान खरिद गरि सामान हस्तान्तरण गरेको पनि कार्यक्रममा जानकारी गराए । समुहले कापि,कलम, व्याग, जुतmा , छाता , जेमेट्रि वक्स लगायत शैक्षिक सामग्री उपलव्ध गराएको थियो । उनिहरुलाई पत्रकार महासंघका कोषध्यक्ष विकास चाम्लिङ राई, आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान रनका सचिव रोमु राई, समुहका अध्यक्ष खगेन्द्र खडका लगायतले सामग्री वितरण गरेका थिए ।