विजयपुर/संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सघिय लिम्बुवान मन्च सुनसरीले धरान १५ मा नया वडा कार्य समिती चयन गरेको छ । सोमबार सम्पन्न भेलाले रितेश लिम्बुको संयोजकत्वमा ५३ सदस्यि समिती गठन गरिएको संघिय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष अमर इजमले जानकारी दिए । रितेस लिम्बु को संयोजकता मा ४९ सदस्य र ४ सल्लाहकार समेत रहनेगरि ५३ सदस्य कार्यसमिति गठन गरिएको इजमले जानकारी दिए । नयाँ कार्य समितिको अध्यक्षमा मोहन तिगेला,उपाध्यक्षमा खडकबहादुर तुम्खेवा,चन्द्रकुमारी लिम्बु –इजम) सचिबमा राजकुमार लिम्बु,सह सचिबमा मनकुमारी लिम्बु,र कोषाध्यक्षमा किशोर खेवा रहेका छन् । भेलाले चार सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । limbu भेलाको प्रमुख अतिथी केन्द्रिय सचिवालय सदस्य तथा याख्खा स्वयत मंच का केन्द्रिय अध्यक्ष सजन याख्खा रहेका थिए ।भेलामा केन्द्रिय सदस्य बिबि लिङ्देन,कुमार फेम्सुहाङ,केन्द्रिय सदस्य तथा संघिय भुमी अधिकार मञ्च का प्रस्ताबित अध्यक्ष पर्सुराम वाईवा तामाङ, केन्द्रिय सदस्य तेजबहादुर लिम्बू (तामादेन) लगायत बिभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो । नयाँ कार्यसमिति लाई सुनसरी जिल्ला अध्यक्ष अमर ईजम (लिम्बु) ज्यु ले सफत ग्रहण गराएका थिए । कार्यक्रम निर्मल राईले सञ्चालन गरेका थिए ।