धरान/नयाँ शक्ति पार्टी नेपालले प्रदेश नम्बर १ ले प्रदेश र प्रतिनिधि सभाको लागि उम्मेद्वारी घोषणा गरेको छ ।
[caption id="attachment_57189" align="alignnone" width="979"]
तस्बिरः भोजराज श्रेष्ठ[/caption]
धरानको एतिहासिक स्थल बुढासुब्बा मन्दिरमा सोमबार पत्रकार सम्मेलन गर्दै १४ जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाको लागि उम्मेद्वारी घोषणा गरेको हो । समानुपातिक, प्रदेश र प्रतिनिधि सभाको लागि १४ जिल्लाबाट नामहरु केन्द्रीय कमिटीलाई सिफारिस गरिएको प्रदेश १ संयोजक राजेन्द्रकुमार किरातीले बताए ।
उनले एमाले, माओवादी र नयाँ शक्तिबीचको बाम एकतालाई स्वागत गर्दै यो वाम एकता नयाँ शीराबाट अघि बढ्नु पर्ने बताए । बाम एकतापछि नयाँ चुनाव चिन्ह, नयाँ पार्टी, नयाँ विधान बन्नु पर्ने उनले बताए । ‘नयाँ शीराबाट नयाँ नीति बनाएर जानुपर्छ ।’ उनले भने, ’नत्र पार्टी स्वार्थको गठबन्धन मात्रै हुन्छ ।’
प्रदेश १ ले वाम एकता पछि पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ राख्नु पर्ने पार्टी केन्द्रीय समितिलाई सिफारिस गरेको छ । त्यस्तै चुनाव चिन्ह पनि नयाँ राख्नु पर्ने सुझाव दिएको छ । चुनावी तालमेलको हकमा पार्टीको १५ सयदेखि ३ हजार मतदाता रहेको क्षेत्रमा आफ्नो उम्मेद्वारी दाबी गर्ने संयोजक किरातीले बताए । सबै पार्टीहरुले आ– आफ्नो क्षेत्रबाट नाम सिफारिस गर्ने क्रममा नयाँ शक्तिले पनि नाम सिफारिस गरेको हो ।