विराटनगर / शेर्पा ब्रोअरी प्रा.लि. ले उत्पादन गर्ने ‘खुम्बु कोल्च शेर्पा बियर’ पूर्वी सहरको बजारमा पनि ल्याएको छ । नेपालमै पहिलो पटक हातबाट निर्मत गरेको खुम्बु कोल्च शेर्पा बियर शेर्पा ब्रोअरी प्रा.लि.को आधिकारी मेची कोशीको डिलरले विराटनगरमा एक कार्यक्रम आयोजना गरि पूर्वी सहरको बजारमा पनि आएको जानकारी गराएको हो ।
खुम्बु कोल्च शेर्पा बियर काठमाण्डौं र पश्चिम जिल्लामा प्रख्यात रहेको छ । बिना केमिलक बिसुद्ध खाद्य बस्तु गहुँको प्रयोग गरि बियर पारखीहरुको लागि खुम्बु कोल्च बियर ५ सय एमएलको क्यान आकारको बियर बजाएमा ल्याएको डिर्लर सञ्चालक नविन घिमिरेल जानकारी दिऐ । स्वदेशी खाद्याबस्तुको प्रयोग गरि हातबाट तयार पारेको बियर नेपालमै पहिलो भएको सञ्चालक घिमिरेले दाबी गरे । उनका अनुसार एक महिनाम खुम्बु कोल्च बियर ६ देखि ८ हजार कार्टुन उत्पादन हुने गरेको जानकारी दिए । क्यानमा मात्र पाईने उक्त बियरको मुल्य २ सय ५० रुपैयाँ पर्नेछ ।
डिर्लर सञ्चालक घिमिरेका अनुसार खुम्बु कोल्च वियर सगरमाथाको खुम्बुमा सबैभन्दा बढी पर्यटकको रोजाईमा पर्ने गरेको जानकारी दिए । उनले भने, ‘ड्रिङक गर्ने पर्यटक तथा बियर पारखीले पश्चिम क्षेत्र मेनुमा शेर्पा वियर अनिवार्य खोज्ने गर्दछन् । वियरको गुणस्तर अन्यवियरको तुलनामा कमी नभएको पूर्वी सहरको जिल्लामा पनि पश्चिमजस्तै मन पराउने घिमिरले अपेक्षा राखे । शेपा बियर सन् २०१३ मा उत्पादन थालेको हो कम्पनीले । चितुवानमा कम्पनीको कार्यालय रहेको घिमिरले बताए ।