विराटनगर/राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न आफ्नो पार्टीले सरकारलाई सर्मथन गरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसंग कुरागर्दै अध्यक्ष थापाले वर्तमान राजनितिक परिस्थितीका कारण कुुनै शर्त नराखी पार्टीले सरकारलाई समर्थन गरेको प्रष्ट पारे । चुनावको शुनिश्चितानै एकमात्र शर्त भएको भन्दै अध्यक्ष थापाले सरकारमा सहभागी हुने विषयमा पार्टीले अहिले नसोचेको वताए । उनले मन्त्री बन्नका लागी पार्टीले सरकारलाई सर्मथन नगरेको पनि बताए ।
एक प्रश्नमा उनले निर्वाचनको मिति घोषणा भएपनी अहिलेको परिस्थितीमा निर्वाचन आयोगको सहमती मन्त्री मण्डल पुन गठन गर्न सकिने वताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच निर्वाचनका लागि हुने गठवन्धन स्वाभिक रहेको उनले बताए । उनल एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतासँगै वाम गठवन्धनले राजनितिमा मात्र नभएर मुलुकलाइनै दिर्घकालिन असरपार्ने बताए ।
बाम एकतापछी उनिहरुले लिने कार्य दिशाले नै यसको निर्धारण गर्ने उनको भनाई थियो ।