धरान/पूर्व दुई विद्यार्थीहरुले धरानको शिक्षा सदन माविको निर्माणाधिन भवनका लागि आर्थिक सहयोग गरेका छन् ।

पूर्व विद्यार्थी रेखा श्रेष्ठ र सरिता लिम्बुले नगद १५ हजार रुपैया सहयोग गरेका हुन् । उनीहरु २०५१ का एसएलसी ब्याच हुन् । विद्यालयका प्रअ अमरबहादुर बस्नेतलाई नगद हस्तान्तरण गरे । यसअघि श्रेष्ठले १५ हजार र लिम्बुले २५ हजार ५ सय रुपैया सहयोग गरेका थिए ।
२०५१ एसएलसी ब्याचले एकवर्ष अघि करिब साढे ३ लाख रुपैया बराबरको कम्प्युटर, प्रोजेक्टर र २ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका थिए ।
२०७२ बैसाख १२ र २९ को विनासकारी भूकम्पले विद्यालयको १६ कोठे मुख्य भवन क्षतिग्रस्त बनाएको थियो । २ करोडको लागतमा भवन निर्माण भइरहेको छ ।