विराटनगर/ पूर्वको विभिन्न स्थानमा ‘मेघा शैक्षिक मेला’ २०७४ हुने भएको छ । इडेन एकाडेमी कन्सलटेन्सी र लिङकन एकाडेमीको संयुक्त आयोजनामा शैक्षिक मेला हुने भएको हो ।

एकाडेमीले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी शैक्षिक हबको रुपमा विकास हुँदै एको प्रदेश १ को अस्याथी राजधानी विराटनगर, सुनसरीको इटहरी, धरान र झापाको विर्तामोर्डमा शैक्षिक मेला आयोजना गर्ने जानकारी गराएको हो ।
इडेन एकाडेमी कन्सलटेन्सीको अध्यक्ष मोहन तिगेलाका अनुसार मेघा शैक्षिक मेला विराटनगरबाट सुरु हुने जानकारी दिए । उनका अनुसार विराटनगरको नमस्कार होटलमा यही चैत २४ र २५ गते दुई दिने शैक्षिक मेला हुने जानकारी दिए । त्यस्तै विराटनगरपछि इटहरीको मनशिान्त क्विन प्यालेसमा चैत २६ गते, विर्तामोडको हुनुमान कम्पेलेक्समा चैत २७ र २८ गते हुनेछ भने अन्तिम दिन धरानको अग्रसेन स्तुती भवनमा चैत २९ र ३० गते हुने आयोजकले जानकारी दिए ।
शैक्षिक मेलामा एउटै छाना मुनि विभिन्न देशका नाम चलेका यूनिर्भसिटी तथा कलेजहरुको सहभागि रहनेछ । मेलामा अट्रेलिया, भारत, जापनलगायतका देश भित्र रहेको नाम चलेको २० वटा कलेजहरु सहभागि रहनेछ । ‘शैक्षिक मेलामा नाम चलेको विभिन्न देशमा रहेको कलेजहरुको सहभागि रहेछ,’ एकाडेमीका निर्देशक गम्भिर भगतले भने, ‘यस्तो शैक्षिक मेला पूर्वाञ्चलमै पहिलो पटक हुन लागेको हो ।’ उनले विद्यार्थीहरुलाई मेलामा आएर प्रत्यक्ष रुपमा विदेश बाट आएका यूनिर्भसिटी तथा कलेजहरुको बारेमा जानकारी लिन आग्रह समेत गरे ।