भद्रपुर/महिला तथा बालबालिका जागरण अभियान भद्रपुर ८ ले नगर क्षेत्रका उच्च मावि उत्रीर्ण ३० जना महिला पुरुषलाई प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम दिने भएको छ ।

भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा महिलाको क्षमता विकासका लागि ५ दिने तालिम दिनका लागि पूर्ण तयारी पुरा भएको स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा सञ्चारकर्मी बीच सम्पन्न समन्व बैठकमा सो जानकारी दिइएको हो । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा संस्थाकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षतामा शनिबार विहान भद्रपुरमा सम्पन्न कार्यक्रममा दिइएको जानकारी अनुसार नगरका १० वटै वडाबाट समानुपातिक रुपमा प्रतिवडा ३ जना महिलाले भाग लिने भएका छन् ।

तालिमको सहजीकरण जय तिम्सिना, योगेन्द्र पौडेल र राजन न्यौपानेले गर्ने भएको संस्थाले जनाएको छ । खोलिएका संघ संस्थामा आफनो गतिविधि गर्नका लागि प्रपोजल र प्रतिवेदन लेख्न बाहिरका मानिससग जादा खर्चिलो हुने भएकोले आफैन नगरमा दक्ष जनसक्ति उत्पादन गर्ने उदेश्य लिएर कार्यक्रमको आयोजना गरिएको संस्थाकी सचिव तिलोतमा कार्कीले बताइन् ।