रंगेली / मोरङको विराटनगरमा सम्पनन प्रदेश १ स्तरिय वतृत्वकला प्रतियोगितामा सखुवासभाकी संझना घिमिरे १२ जिल्लाका प्रतिस्प्रधिलाई उछिनेर प्रथम भएकी छन् ।

प्रतियोतितामा इलामकी इन्जल खत्री दोस्रो भएकी छन । मोरङका छविलाल भण्डारी तेस्रो हुदा खोटाङका विजय पाण्डेले सान्त्वनामा चित्त बुझाउनु पर्यो ।

प्रतियोगीहरुलाई प्रदेश १का सामाजीक विकास मन्त्री जिवन घिमीरेले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगीले क्रमस १५,१०,७ र ५ हजार नगद पुरस्कार पाएका थिए ।

प्रतियोगितामा ओखलढुङगाका सुविनराज चौलागाइ,खोटाङका विजय पाण्डे,ताप्लेजुङका लोकेश लिम्बु,धनकुटाकी मनिसा खनाल,पचथरकी विकी राई,भोजपुरकी संगीता थापा,मोरङबाट छविलाल भण्डारी,सुनसरीबाट गगन आलेमगर,सोलुखुम्बुबाट सम्झना घिमीरे,सोलुखुम्बुबाट सागर कार्की,इलामबाट रस्मीला खतीवडा र उदयपुरबाट इन्ज खत्रीले भाग लिएका थिए ।

सबै प्रतियोग आफ्नो जिल्लामा विजय भएर आएका थिए । झापा र तेह्रथुमका प्रतिस्प्रधी भने सहभागी भएनन ।

कार्यक्रममा सामजिक विकास मन्त्री जीवन घिमीरे, सोहि मन्त्रालयका सचिव ज्ञानराज सुवेदी लगायतले आफ्नो धारणा राखेका थिए ।