Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • माथिल्लो तामाकोशीको शेयरमा छ अर्बको आवेदन

माथिल्लो तामाकोशीको शेयरमा छ अर्बको आवेदन

  • कार्तिक १९, २०७५
  • ब्लाष्ट खबर

काठमाडौँ/ माथिल्लाे तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म रु छ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने मङ्गलबार प्राप्त हुने कम्पनीले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ । कूल पूँजीको १५ प्रतिशत साधारण शेयर कम्पनीले बिक्री गरेको हो । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता देखिएको हो । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म तीन लाख बढीले आवेदन दिएका छन् । कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । कम्पनीले निकट भविष्यमा नै रोल्वालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले गत बुधबार मात्रै दोलखावासीलाई बिक्री गरेको साधारण शेयरको बाँडफाँट गरेको थियो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई शेयर बिक्री गरेपछि सो आयोजनाको सर्वसाधारण समूहको शेयर बिक्री प्रक्रिया सकिएको छ । सो समूहमा रु दश अर्ब बराबरको शेयर बिक्री गरिएको छ । निर्माणाधीन माथिल्लो तामाकोशी आगामी आर्थिक वर्षको कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने समयसीमा तय गरिएको छ । चालू आवको पुस मसान्तमा निर्माण सकिने कार्यतालिका बनाइएको भए पनि निर्माण व्यवसायीको कमजोरी, निर्माण सामग्री आयातमा देखिएको समस्यालगायतका कारणले आयोजनाको म्याद पर धकेलिएको हो । 

सम्बन्धित समाचार
खैरो हिरोइनसहित चार जना पक्राउ

विजयपुर । सुनसरीमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले खैरो हिरोइनस ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवम् नेपाल उद् ...

मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’

विराटनगर । विराटनगरस्थित ‘शैलजा आचार्य प्रादेशिक अस्पताल तथा हृदय रोग केन्द ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क