ताप्लेजुङ  । जिल्ला अदालत ताप्लेजुङबाट सजाय घोषित फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्धामा ५ वर्ष कैद सजाय तोकिएका मेरिङदेन गाउँपालिका वडा नं ४ लिङ्तेपका २८ वर्षिय डिल्ली लंवा लिम्बूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पक्राउ परेका लिम्बू बिरुद्ध ९ वर्ष अघि ज्यान मार्ने उद्योगमा अदालतले ५ बर्षको कैद सजाय तोकेको थियो । लिम्बूलाई प्रहरीले लिङ्तेपबाट नै पक्राउ गरेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिँह थापाले जानकारी दिए । अभियुक्त लिम्बूलाई आईतबार जिल्ला अदालतमा पेश गरेकोमा तोकिएको कैद भुक्तानीका लागि आईतबार नै कारागार चलान गरेको डिएसपी थापाले बताए । डिएसपी थापाका अनुसार कार्तिक र मसिंर महिनामा मात्रै ३५ जना पक्राउ परिसकेका छन् । प्रहरीले अदालतबाट सजाय घोषित फरार अभियुक्तहरुको खाजतलास अभियान जारी राखेको छ ।