बेलबारी/ मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका कवि गणेश लामा ‘आँशु’ को एकल कविता वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । ‘आँशु’ ले नयाँ तथा पुराना गरी डेढ दर्जन कविता वाचन गरेका थिए ।
लक्ष्मी माविका विद्यार्थीहरूले कवि आँशुका कविताहरू वाचन गर्न सहयोग गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि दीपक न्यौपाने, बेलबारी साहित्य विकास समितिकी अध्यक्ष कवि रेखा सुवेदीको रचना र लेखन शैलीको परिचर्चा गरियो ।
लक्ष्मी माविका विद्यार्थीहरूले गीत र नृत्यहरू प्रदर्शन गरेका थिए । सुनगाभा साहित्य समाजको आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टाहरूले आँशुका कविताहरू सुन्ने अवसर प्राप्त गरे ।