इटहरी/ टिपर आतङ्क नियन्त्रण गर्न ट्राफिक प्रहरीले अभियान शुरु गरेको छ ।
साउनयता प्रदेश १ मा १२ टिपर दुर्घटनामा परे । जसका कारण ५ जनाको ज्यान गयो भने ३५ जना घाइते बने । टिपरबाट हुने दुर्घटना नियन्त्रणमा लागि नै ट्राफिक प्रहरीले अभियान शुरु गरेको हो । अधिकांश सडक दुर्घटनामा निर्माण सामग्री बोकेका टिपर नै कारक रहेको ट्राफिक प्रहरी बताउँछ ।
टिपर तथा ट्रकको तीव्र गतिका कारण दुर्घटना बढेकाले अभियान सञ्चलान गर्नुपरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवि पौडेल बताउँछन् । ‘अधिकांश दुर्घटनामा टिपर र ट्रकले ठक्कर दिँदा दुई पाङ्ग्रे सवारी चालकहरूले ज्यान गुमाएका छन्’–उनी भन्छन् ।
सवारी चालकमा सवारीसम्बन्धी ज्ञानको कमी र सडक सभ्यताको पालना नर्गदा सडकमा दुर्घटना बढेका एसपी पौडेलको दाबी छ ।
चार घण्टा टिपर सञ्चालनमा रोक
आगामी पौष १ गतेबाट प्रदेश नं १ अन्र्तगतका धनकुटासहित अन्य जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा दैनिक ४ घण्टा टिपर सञ्चालनमा रोक लगाइने भएको छ । सुरक्षा तथा ट्राफिक आवागनलाई ध्यानमा राख्दै विहान ९ देखी ११ बजेसम्म र दिउसो ३ देखी बेलुकी ५ बजेसम्म पीक आवरमा मुख्या राजमार्ग र सहायक राजमार्गमा टिपर चलाउन रोक लगाईने भएको हो ।
सवारी दूर्घटना जोखिम न्यूनिकरणका लागि टिपर सञ्चालन रोक्न जिल्ला सुरक्षा समितिको निर्णय गर्ने जिल्ला जिल्लामा पठाईएको एसपी पौडेल बताउँछन । मुख्य राजमार्ग र सहायक राजमार्गमा टिपर नचलाउन सम्बन्धित सबैलाई आग्रह गरिएको ट्राफिक प्रहरी बताउँछ ।
सडक दुर्घट्ना रोक्ने हाम्रो महाअभियान चल्दै छ उनी भन्छन् ।
प्रभावकारी बन्दै राडर गन
पछिल्लो केहि महिना यता प्रदेश एकका मुख्य हाईवेयमा राडर गन (गति मापन यन्त्र) तेर्साउँदै सादा पोसाकमा ट्राफिक प्रहरी बस्ने गरेका छन् । तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ ।
जसका कारण दुर्घट्ना न्यूनिकरण हन थालेको ट्राफिक प्रहरीको निश्कर्ष छ ।
प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ । ट्राफिक एसपी रवि पौडेल भन्छन् सवारी गुडेको साइडमा गन तेर्स्याएपछि सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउन सकिने भएपछि धमाधम सवारी कारबाहीमा पर्न थालेका छन,दुर्घट्नो घटेको हाम्रो ठम्याई छ उनी भन्छन् ।
पछिल्लो समय बिपी राजमार्गमा सवारीको चाप ह्वात्तै बढेसँगै विभिन्न बहानामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीको संख्या बढेपछि प्रहरीले कडा कदम चालेको हो। साँघुरो र अत्याधिक घुम्ती भएको सडक भएकाले सडक दुर्घट्ना कम गर्न कदम चालेको हो ।
ट्राफिक नियम उल्लङ्घन गर्दा दैनिक सवारीले जरिवाना तिर्दा ट्राफिक प्रहरीले मोटो रकम राजस्वसमेत उठाएको छ ।