इटहरी/ सुनसरीका काठ व्यवसायीहरू मलेसिया, म्यानम्यारलगायत तेस्रो मुलुकबाट गोलिया काठ ल्याएर आफ्ना व्यवसाय धानिरहेका छन् । तर जिल्ला वन कार्यालय सुनसरीमा वर्षौदेखि सङ्कलित काठ बिक्रीका लागि ठेक्का आह्वान नगर्दा करोडौँ मूल्यको काठ कुहिन थालेको छ ।
करिब १ लाख क्युबिक फुट काठ कुहिन थालेको हो । जिल्ला वन कार्यालय सुनसरीले ठेक्का लागि प्रक्रिया अघि नबढाउँदा करोडौँको काठ खेर जाने अवस्था बनेको हो । सुनसरी जिल्ला वन कार्यालयले वर्षौदेखि ठेक्का आव्हान नगर्नुलाई यँहाका व्यवसायीहरु वनका कर्मचारीको नियत सफा नभएको टिप्पणी गर्छन् ।
यता वषौँ देखि सुहलियको काठको लागी निवेदन हालेका इटहरी १९ का मनराज पुरीले काठ नपाएको गुनासो गरे । वर्षौदेखि सहुलियको काठ पर्खेर बस्ने हामीले अहिलेसम्म पाईनौँ । जिल्ला बनको चरम लापरवार्हीले जनताले काठ नपाएको बताए । काठ कुहिरहे पनि जनताले काठ पाएका छैनन् उनले भने
यता काठ नपाएकै गुनासो गर्छन इटहरीका तिलक कार्की । आफुले २०७२ सालमै घर बनाउँन सहुलियतको काठ जिल्ला वन कार्यलयमा सबै प्रकृया पुराई मागेको भए पनि अहिले सम्म काठ पाईन उनी भन्छन् । सरकारले जनताको लागी सहुलियतको काठमा खेलाची गरेको माग समेत गरे ।
कार्कीले भने हामीले अधिकार प्रयोग गछौँ तर सरकारी पक्षबाट अधिकार पाउँन असाध्यै गाहे रहेछ उनले थपे । सुनसरीमा सेक्टर वन कार्यालय धरान र चकरघट्टीमा कुहेर थन्किएको छ । करोडौँ राजस्व सकलन हुने यति ठूलो परिणामको काठ हालसम्म किन टेन्डर मार्फत विक्री नगरेको भन्दै इनरुवाकका स्थानीयबासीहरुले समेत जिल्ला वन कार्यालय सुनसरीको विरोध गदै आएका छन ।
सुनसरीका एक व्यवसायीले आफ्नो नाम नछाप्ने शर्तमा भने वनका कर्मचारीहरुको मिलेमतोमा विभिन्न व्यक्तिलाई आपूर्तिका नाममा विक्री गरिरहेका छन् ।
केहि समय अगाडी जिल्ला वन कार्यालय सुनसरी विरुद्धमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा उजुरी परेको छ। काठ लिलाम समबन्धि कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवि प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी लिलाम गरेको आरोप सहित अख्तियारमा स्थानीयहरुले उजुरी गरेका थिए ।
लामो समय देखि काठ वितरण नहुदा काठ कुहिदै गएको जिल्ला वन कार्यलय आफै स्वीकार गर्छ । जिल्ला वन सुनसरीका प्रमुख डिभिजनल वन अधिकृत शिव प्रसाद शर्माले सुनसरीमा लामो समय देखि काठ कुहिने अवस्थामा रहेको स्वीकार गरे ।
उनले भने काठ कुहिदै छ लामो समय देखि लिलाम गरी विक्रि नगर्दा काठहरु कुहिन थालेको रहेछ । आफु जिल्ला वनमा आएसँगै काठ लिलाम गरी विक्रि वितरण गर्ने तयारी रहेको बताए । सुनसरीमा करी ९० हजार क्युफिट काठ लिलाम गर्ने पर्ने छ उनले भने ।
त्यस्तै करीब ३५ हजार काठ आपूर्ति मार्फत सहुलियतमा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको उनको भनाई थियो । पुरानो निवेदन धेरै आएको छ त्यसलाई व्यवस्थापन गर्ने तयारीमा छौँ ।
कतिपय काठ तथा ट्रक ट्याक्टरहरु समेत अदालती प्रकृया ढिलाइका कारण कुहिदै गएको छ । मुद्धाको सुनुवाई समयमै हुन नसक्दा वन कार्यालयमा करोडौँ मूल्य बराबरको विभिन्न जातका काठहरु कुहिन थालेका हुन् ।
अवैधानिक रुपमा पक्राउ परेका काठ तथा गोलियाहरु वर्षको अन्तिममा टेण्डर आव्हान गरि लिलामी गर्नुपर्ने हुन्छ । तर सुनसरी जिल्ला वन कार्यालयले वर्षौदेखि टेन्डर आव्हान गर्न नसक्दा विभिन्न जातका गोलिया तथा चिरान काठहरु माटोमै विलिन हुन थालेका छन् ।
१० हजार भन्दा माथिको विगो भएको मुद्धा अन्तर्गत रहेका गोलिया तथा काठ वन कार्यालयले आफै लिलाम गर्न नपाउने र अदालती प्रक्रियामा जाने भएकोले पनि लिलामीमा ढिलाई भएको कार्यलयको भनाई छ ।