मोरङ/ सातौं संस्करण मिस पूर्वेली सुपर मोडलको ताज रोजिना तामाङले पहिरिएकी छन् ।

उनले २० तोलाको ताजसँगै नगद २ लाख ५० हजार, वाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण बेस क्यापको भम्रणको अवसर पाइन् । फस्ट रनरअप आँचल मल्लिक घोषित हुँदा सेकेन्ड रनरअप मन्दिरा दुमी राई बनेकी छन् ।

मल्लिकले १ लाख नगदसहित वाली भ्रमणको अवसर पाएकी छन् । त्यस्तै मन्दिराले नगद ५० हजारसँगै वाली भ्रमणको अवसर प्राप्त गरेकी छन् । एवान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजनामा शनिबार राति सम्पन्न प्रतियोगितामा १९ स्पर्धी सहभागी थिए ।

टाइटलतर्फ मिस पपुलारिटी सुप्रिया शाही, मिस ट्यालेन्ट सृजा पोखरेल, मिस बेष्ट स्किन दीक्षा राईले जितेकी छन् । त्यस्तै मिस बेष्ट हेयर आस्था भट्टराई, मिस बेष्ट टीभीसी अकस्था रौनियार, मिस फोटोजेनिक निशा शर्मा र बेष्ट मोडल आँचल रौनियार घोषित भइन् ।