विराटनगर/ विराटनगर-३ स्थित पुष्पलालचौकमा लामो समयसम्म बाटो भत्काएर मर्मत नगरेको भन्दै स्थानियले विरोध गरेका छन् । स्थानियबासीले बुधबार सवारी आवागमन रोकेर विरोध गरेका हुन् ।

स्थानीयको अवरोधले पुष्पलालचौ-विराटचौक सडक खण्डमा सवारी रोकिएको थियो । चौकमै रहेको नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मारक (शालिक) आसपासको बाटो भत्केको लामो समय भईसक्दा पनि निमार्ण गर्न महानगरले चासो नदेखाएको भन्दै विरोध गरेको उनीहरूको भनाई छ ।

स्थानीय घनश्याम ढकालका अनुसार पटक-पटक गरिएको आग्रह समेत नमानिएपछि बाटो अवरोध गर्न बाध्य हुनु परेको बताए । आसपासका घरहरुमा बस्नै नसक्ने अवस्था भएको र समस्या भएकोले बारम्बार गरिएको आग्रहलाई महानगरपवालिकाले वेवास्था गरेपछि आन्दोलनमा उत्रिएको यहाँका स्थानियको भनाई छ ।

स्थानीयले विराटनगर महानगरपालिको प्रमुख भिम पराजुली आफै उपस्थित भएर बाटो बनाउने प्रतिवद्धता र काम थाल्ने मिति नतोक्दासम्म अवरोध गरिरहने बताएका छन् । एकसय मिटर मात्रै बाटो भत्केको भएपनि बनाउने कुरामा कसैको ध्यान नदिएको स्थानिय बताउँछन् ।