भद्रपुर / महिला पत्रकार सुभद्रा खड्का (अधिकारी)को निधन भएको छ । भद्रपुर नगरपालिका ६ स्थित संगमचोकमा बसोबास गर्दै आइरहेकी नौलो आवाज साप्ताहिक पत्रिकाको सम्पादक खड्काको ३५ बर्षको अल्पायुमा शुक्रबार निधन भएको हो । पत्रकार दीपक अधिकारीकी धर्मपत्नीसमेत रहेकी खड्का वि.सं.२०७३ सालदेखि पाठेघरमा भएको क्यान्सर रोगबाट पीडित थिइन् ।
खड्काले वि.ंस.२०६३ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् । भद्रपुरबाट प्रकाशित हुने नौलो आवाज साप्ताहिकमा केही बर्षदेखि सम्पादकको जिम्मेबारी सम्हाल्र्दै आएकी खड्का नेपाल पत्रकार महासङ्घ झापा शाखाको सदस्य र प्रेस क्लव भद्रपुरको कोषाध्यक्ष पदमा रहेकी थिइन् ।