Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पर्यटन
  • इतिहास कोर्ने हातहरु...

इतिहास कोर्ने हातहरु...

alt
  • भदौ २१, २०७६
  • नारायण ढुङ्गाना / रासस
 
राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतारेका छन ।  राजा प्रताप मल्ल बाजागाजाका साथ आइरहेका छन् । राजाका भारदारी लम्बकर्ण भट्ट, जमुना गोभाजु पनि छन् । रानी र राजकुमारी घडाबाट पोखरीमा जल खन्याइरहेका र भरिरहेका छन् । अलि पर तान्त्रिक विधिअनुसार यज्ञ भइरहेको छ भने नजिकै धिमेलगायत पौराणिक बाजासहित नगरवासीको लस्कर देखिन्छ ।
वरिपरि काठमाडौँ उपत्यकाका दृश्य स्वयम्भू, नागर्जुन, चन्द्रागिरि, दहचोक, तलेजु भवानीको मन्दिर, दरबार र उपत्यका शहरको दृश्यलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । सुन्दर लाग्ने ती चित्रहरु हेर्दा १८औँ शताब्दीमा प्रवेश गरेझैँ लाग्छ । बयासी वर्षीय कलाकार शर्मा भन्छन, “यो कल्पना मात्रै होइन, सत्यमा आधारित छ, बच्चामा हामी यहाँको हात्तीपाटीमा खेल्न जान्थ्यौँ, अहिले हात्तीपाटी छैन, शेर्पाहरुले च्याड्ग्रा बेच्न ल्याउँथे, सबै हराए ।” रानीपोखरी भूकम्पले तहसनहस भएपछि पुनःनिर्माणले खासै गति लिन सकिरहेको छैन । यस्ता दर्जनाैं इतिहासलाई उनले कलामा उत्खनन गरे  । पुथ्वीनारायण शाहको शासनकालमा भएका महत्वपूर्ण गतिविधि, अरनिको चीन यात्रा, पृथ्वीनारायण शाहले विसं १८२५ मा गरेको कान्तिपुरमाथिको आक्रमण, विसं १९०३ मा हनुमानढोका नजिक भएको कोत हत्याकाण्ड, स्वयम्भूमा बज्र चढाउँदै गर्दाका प्रताप मल्ल, पुरानो लुम्बिनी, भृकुटीको विवाहलगायतका ऐतिहासिक दृश्यलाई चित्रमा दुरुस्त कोरेका छन । ती दृश्य अहिले नेपाल कला परिषद् पुगेर हेर्न सकिन्छ । सम्राट अशोकले इस्वी सम्वत् २४९ मा लुम्बिनीको तीर्थयात्रा गर्नुभएको थियो । त्यो बेलाको अशोकस्तम्भ र शिरानीमा रहेको शीर्षघोडा राखेको दृश्यावलोकन गर्दै गरेका अशोकसहितको समग्र लुम्बिनीको ऐतिहासिक तथ्य चित्रमा समावेश छ । राजा मानदेवको कार्यकक्ष, श्रङ्चङ्गम्पो र राजकुमारी भृकुटीको साक्षात्कार भएको क्षण, मल्लकालीन हात्तीखेदा, तलेजु भवानीको मन्दिर र जयप्रकाश मल्ल, फागू पूर्णिमामा राजा प्रताप मल्ले रानीहरुसँग खेलेको होलीलाई पनि उनले चित्रमा सुन्दर ढङ्गले तेल रङमार्फत कला भरेर उतारे । रहनसहन र संस्कृतिका १७ चित्रले यहाँको दैनिक जनजीवनलाई झल्काउँछ । नेवारी संस्कृति, नङ्नि र युवती, तान्त्रिक झारफुक पूजा, तिब्बतमा व्यापारका लागि जाने व्यापारीको कथा पनि चित्रमा देख्न सकिन्छ । उनका चित्रमा तेल र पानी रङको प्रयोग बढी गर्नुहुन्छ । यसपालिको प्रदर्शनमा तेल रङको प्रयोग छ । उनका चित्र हेर्दा आफैँ बोलिरहेझैँ हुन्छ । चित्र अवलोकनमा तत्कालीन कालखण्डको स्मरण मानसपटलमा भरिन्छ । कला समीक्षक मदन चित्रकार उनको कलामा निखारता, बौद्धिकता, कल्पना र सिर्जनाशीलता तथा यथार्थता भएकाे बताए ।
कलाप्रतिको अनुराग र साधना जोकोहीका लागि अनुशरण गर्न योग्य रहेको भन्दै चित्रकारले इतिहासदेखि वर्तमानसम्मको कलाको विकासक्रम लेख्दा हरिप्रसाद शर्माको नाम छुट्यो भने त्यो अधुरै रहने दाबी गरे । कलाकार शर्माले कला साधनामा आफूलाई कहिल्यै बूढो नठान्ने बताए । उनले पाँच÷छ वर्षकै उमेरदेखि चित्रकारिताको प्रयास गरे । कालीदास श्रेष्ठ, चन्द्रमान मास्केबाट व्यवहारिक ज्ञान प्राप्त गर्नुभयो । जीवरत्न शाक्य प्रथम गुरु थिए । उनले पाँच वर्ष जुद्धकला पाठशालामा कला अध्ययन गरे । काठमाडौँको नेवारी बस्तीबीचमा हुर्किएका उनी नेवारी भाषाको राम्रो ज्ञान छ भने कलामा गहिरो प्रभाव छ । उनी बाल्यकालदेखि नै जहाँ मान्छे जात्रा हेर्थ्ये । उनी त्यसभित्रको सुक्ष्म कुराहरु हेर्थ्ये । “जात्राका सहभागी मानिसको शरीरको चालढाल, पहिरन, गरगहना, प्रयोग गरेका सामग्री, आकार र रङमा मेरो ध्यान जान्थ्यो, मेरा चित्रमा जीवनपर्यन्त देखेका र भोगेका जनजीवन संस्कृति र इतिहासको सकेसम्म यथार्थ चित्रण गरेको छु”, शर्माले भने ।
जीवनको ३५/४० वर्षसम्म बनेका चित्रको अभिलेख उनीसँग छैन । पछिल्ला २५ वर्षमा बनेका चित्रमात्र सङ्गाल्न उहाँ सफल हुनुहुन्छ । उनले पछिल्लो समयमा छोरा विष्णुप्रसादसँगको सहकार्यमा नेपालको इतिहास, संस्कृति र जनजीवनलाई चित्रमा अभिलेखीकरण गर्न सकेका छन । अहिले यहाँ ‘समयक्रममा नेपाल’ शीर्षकमा प्रदर्शन भएका ४५ चित्रमा नेपालको इतिहास, जनजीवन, संस्कृतिका अवशेष देख्न सकिन्छ । उनका छोरा विष्णुप्रसाद भन्छन “नेपालको इतिहास र संस्कृतिको चित्राकलात्मक अभिलेख बनाउने कोसिस हो, यो शृङ्खलामा अपुरो भएको कुरा थप्दै जान्छौँ, बाबुछोराको कल्पना र यथार्थको फ्यूजन हो ।” वर्तमान र भविष्यका पुस्ताले विगत देख्ने, गर्व गर्ने र सिक्ने अवसर बञ्चित हुने अवस्थामा छ । चित्र इतिहास बुझन् र सिक्न प्रभावकारी तथा शक्तिशाली माध्यम हो ।
कलाका विधामध्ये प्रस्तरकला, धातुकला र काष्ठकलामा काठमाडौँले ठूलो फड्को मारे पनि चित्रकला पछि नै छ । विगतका चित्रमा राजामहाराजा र देवीदेवताका चित्र निर्माण हुने गरेका कलाकारहरु सम्झन्छन् । विसं २०५२ मा धर्मपत्नी राधादेवीको निधनपछि उनकै सम्झनामा घरमा राधाकुटी आर्ट ग्यालरी स्थापना गरिएपछि कलाको अभिलेखीकरणमा समेत छोरासँगको सहकार्य शुरु भएको उनले बताए । त्यही बेलादेखि छोराले चलाएको मोटरसाइकल पछाडि बसेर जनजीवनका आयाम अध्ययन गर्न हरेक शनिबार क्यामेरा बोकेर ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा जाने अभियान शुरु भएको हो । काठमाडौँ, पाटन, भक्तपुर, थिमि, हरिसिद्धी, बुङ्गमती, खोकना, चापागाउँ, चोक र बहालमा फोटो खिच्दै मानिसहरुसँग कुरा गरेर फर्कने र त्यसलाई कम्युटरमा राखेर चित्रको परिकल्पना गरी स्केच बनाएर चित्र बनाउने कामको थालनी त्यही बेलाबाट भएको हो । यसअघि विसं २०३० मा पहिलो एकल चित्रकला गर्नुभएका उहाँले अभियानपछि विसं २०५९ मा दोस्रो प्रदर्शनी गर्न सफल हुनुभयो । त्यसपछि केही वर्षको अन्तरालमै प्रदर्शनी भयो । विसं २०६७ मा तेस्रो र २०७२ मा चौथो भएको थियो । अहिले पाँचौँ प्रदर्शनी हो । थप तीन सामूहिक चित्रकला प्रदर्शनी भएको छ ।
निकै परिश्रमपछि बाबुछोराको छलफलका आधारमा चित्रलाई क्यान्भासमा उतार्ने गरेको उहाँ सम्झनुहुन्छ । लिच्छवी र मल्लकाललाई नेपाली कला इतिहासमै स्वर्णकाल मानिन्छ । झक्तपुरको चाँगुनारायण र लिच्छवी राजा मानदेव, अंशु बर्मा, कैलाशकुट भवन, नरेन्द्रदेव, राजकुमारी भृकुटी, नरेन्द्रदेव, अरनिको, सिद्धिनरसिंह मल्ल, भुपतिन्द्र मल्ल, प्रताप र जयप्रकाश मल्ल तथा पृथ्वीनारायण शाहसम्बन्धीका इतिहासमा उहाँको रुचि छ । सौदर्यचेत, कल्पनाशीलता, सिर्जनाशीलतायुक्त राजा प्रताप मल्लबाट शर्मा प्रभावित हुनुहन्छ । उनलाई क्रियटिभ किङ्ग अफ नेपाल भनेर विशेषण लगाउछन । त्यसैले उनले धेरै प्रताप मल्ल र त्यसपछि पृथ्वीनारायणका चित्र बनाए  । विषयसम्बन्धी पुस्तक अध्ययन गरेर, विज्ञसँग भेटेर, प्रष्ट नभएका कुरा बुझेर, भेटिएका सन्दर्भ चित्र हेरेर बनाउने गर्रछन । । चित्र कोर्नकै लागि संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार दिनेशराज पन्त, ज्ञानमणि नेपाल र हरेराम जोशीसँग उहाँ पटक–पटक जानकारी लिने गर्थ्ये । उमेरले दिने भए अझै गाउँ–गाउँमा पुगेर चित्र बनाउने योजना सुनाउँदै शर्माले अब त्यो भावी पुस्ताका लागि छाडेको बताए ।
चित्रकारले जति गरे पनि केही न केही कमजोरी छाड्ने बताउँदै कलाकार शर्माले सम्झे, “भारतका राजा रवि बर्माको मैले चित्र हेरेँ, उहाँले कृष्णको चित्रमा एउटा माला नै छुटाइदिए, त्यसैले कलाकार पूर्ण होइन, एउटा न एउटा खोट हुन्छ मेरोमा पनि होला औँल्याइदिनुहोला ।” कला पारखी साहरुख ताम्राकार उहाँको कला आफैँ बोलिरहेझैँ लाग्ने खालको हुने बताउनुहुन्छ । शर्मा परिवारले यही इतिहासलाई चित्रमा एकीकृत गरी नेपाली, अङ्ग्रेजी र नेवारी भाषाको क्याप्सन राखी पुस्तकमा अभिलेखीकरण गर्ने योजना बनाएको छ ।
सम्बन्धित समाचार
खैरो हिरोइनसहित चार जना पक्राउ

विजयपुर । सुनसरीमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले खैरो हिरोइनस ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवम् नेपाल उद् ...

मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’

विराटनगर । विराटनगरस्थित ‘शैलजा आचार्य प्रादेशिक अस्पताल तथा हृदय रोग केन्द ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क