भद्रपुर / जिल्ला प्रहरी कार्यालयले बरामद गरेको सामानसहित नियन्त्रणमा लिएका भद्रपुर ५ का अशोक सहनी धरौटीमा छुटेका छन् । सहनीले ४ लाख २७ हजार २ सय ९० रुपैयाँ धरौटी रकम बुझाएपछि भद्रपुर भन्सार कार्यालयककले हिजो छाडेको हो ।

अवैधरुपमा चोरी पैठारीमा ३ लाख ८७ हजार ६ सय र प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ रजनीगंन्धाको ३९ हजार ६ सय ९० गरी दुईवटा मुद्दाको विगो बराबरको रकम धरौटी बुझाएपछि पहिलो पटक एकहप्ताको तारिख दिएर छाडिएको भन्सारका कर्मचारी विकास दाहालले बताए ।
सहनीलाई नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र अवैध कपडा सहित विहीबार जिल्ला प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले कारोबारी सहनीसहित ४ लाख २७ हजार २ सय ९० रुपैयाँ मूल्य तोकेर सामान भन्सार बुझाएको थियो । वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीमा सहयोग गरेपछि जिल्ला प्रहरीको टोलीले सुराकीका आधारमा सामान बरामद गरेको बताइएको छ ।