धरान । दलितका मुद्दामा खोज पत्रकारिता सम्बन्धी एक दिने तालिम धरानमा अहिले दिइँदै छ ।

दलितका मुद्दा के कसरी उठान गर्न सकिन्छ भन्ने उद्देश्यले तालिम प्रदान गरिरहेको आयोजक संस्था पिस मिडिया सेन्टरले जनाएको छ । तालिमको उद्घाटन प्रदेश १ सांसद् उमिता बराइलीले गरिन् । उद्घाटनपछि उनले हिजोका दिनमा राज्यसत्ता नै विभेदमा लागेको र हाल कानून बनिसके पनि राज्यले बाध्यकारी रूपमा लागू गराउन नसकेको टिप्पणी गरिन् । ‘अहिले विभेद गरेको खण्डमा कानूनी उपचारहरू हुन्छन्, कार्यान्वयन गर्ने कुरामा राज्यले जसरी बल प्रयोग गर्नुपथ्र्यो त्यो गर्न सकेको देखिँदैन’–उनले भनिन् ।

उनले दलितमाथि भएको अन्याय अत्याचारका विषय अब खोज पत्रकारिता थाल्न आवश्यक रहेको खुलाइन् । तालिमको सहजीकरण अग्रज पत्रकार गणेश लम्सालले गरिरहेका छन् । दलितका मुद्दालाई कसरी उठाउने, कस्ता मुुद्दामा कानूनी व्यवस्था छन् भन्ने विषयमा उनले जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका प्रदेश सचिव रणध्वज लोहार, धरान उपमहानगरपालिकाका दलित विकास समितिका सदस्य सचिव तारा लामागादे, प्रबोध साप्ताहिकका सम्पादक लम्जेल संघर्षशीललगायतले बोलेका थिए । कार्यक्रममा सुनसरीभरिका दलित तथा गैरदलित पत्रकारहरू तालिममा सहभागी छन् ।

IMG_20200606_122447-01